आजको राशिफल,२०७१ साल आश्विन ६ गते सोमबार


आजको पञ्चाङ्ग
आज मिति २०७१ साल आश्विन ६ गते सोमबार, तदनुसार सिताम्वर २२ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार आश्विनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपक्षको चतुर्दशी अहोरात्र रहनेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा सिंह राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३० घटि १७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५२ मिनेटमा मैत्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष ः स्वास्थ्यमा एक्कासि खराबी आउने छ, खानपानमा ध्यान पु¥याउनु होला, शोक पर्ने समाचार प्राप्त हुनेछ ।
वृष ः आफन्तसंग कलह हुन सक्छ, मन चञ्चल हुनाले, वायूरोगले सताउनेछ सतर्क रहि कार्य सम्पन्न गर्नुहोला ।
मिथुन ः शत्रुमाथि विजयले घरमा नया चहल पहल हुने, शैक्षिक प्रगति, आफन्तको सहयोगले अधुरो कार्य पूरा हुने छ ।
कर्कट ः आफन्तबाट विरोध हुने, पेशा प्रति असन्तुष्टि हुँदै जानेछ, आम्दानीमा कमी हुने, खर्चमा बृद्धि हुनेछ ।
सिंह ः आदर सत्कार पाइने, व्यापारबाट लाभ हुन सक्ने, टाढाको यात्रा सफल रहने, दिन अत्यन्तै शुभ रहने छ ।
कन्या ः मानसिक पीडा थपिने, आँखामा खरावी आउने, अपजस पाइने, समग्रमा दिन खराब रहेकोछ सजक हुनुहोला ।
तुला ः धन तथा जमिन लाभ पाइने, सरकारी सम्मान मिल्ने, आफन्तसंग भेटघाट हुनेछ, दिन रमाइलो हुनेछ ।
वृश्चिक ः स्वास्थ्यमा क्रमिक सुधार हुने, कार्य अधुरा रहनेछन्, आफन्तले कुरा काट्ने, व्यापारमा मन्दी आउनेछ ।
धनु ः खाना नपच्ने, चोटपटकको भय, नकारात्मक सोचाई, धनमाल हराउन सक्नेछ होसियारी अपनाउनु होला ।
मकर ः सरकारी काम नबन्ने, यात्रामा विभिन्न बाधा आईपर्नेछ, इज्जतमा आँच आउने, कुनै न कुनै रोगले सताउने छ ।
कुम्भ ः आरोग्यता, प्रशन्नता, सबै कामबाट लाभ, आर्थिक पक्ष सवल रहनेछ, धार्मिक कार्यमा मन जाने छ ।
मीन ः मानसिक तथा शारीरिक आराम, पारिवारिक सहयोग पाइने, नयाँ ठाउँको भ्रमण हुनेछ, दिन शुभ छ ।
आजको साइत ः आज उत्तर बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल आश्विन ६ गते सोमबार बिहान ५ः५१ बजेदेखि ७ः२१ बजेसम्म अमृत बेला, बिहानमा ७ः२१ बजेदेखि ८ः५१ सम्म काल बेला, बिहानमा ८ः५१ बजेदेखि १०ः२१ बजेसम्म शुभ बेला, बिहानमा १०ः२१ बजेदेखि ११ः५१ बजेसम्म रोग बेला, बिहान ११ः५१ बजेदेखि दिनमा १ः२१ बजेसम्म उद्वेग बेला, दिनमा १ः२१ बजेदेखि २ः५१ बजेसम्म चर दिनमा २ः५१ बजेदेखि ४ः२१ बजेसम्म लाभ साँझ ४ः२१ बजेदेखि ५ः५१ बजेसम्म अमृत बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः बिहानमा ७ः३० बजेदेखि ९ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९