बेल्जियममा नेपाल महोत्सवको आयोजना हुने


 बिष्णु सापकोटा 
बेल्जियम –

एनआरएन ए बेल्जियमले बिगत बर्षहरू जस्तै यस बर्षको नेपाल महोत्सब आगामी अक्टोबर २, ३, ४ र ५ मा बेल्जियमको अर्को नयाँ पर्यटकीय शहर सोदफोन्टेन मा गर्ने भएको छ ।
नेपाली दुताबासको संरक्षकत्वमा एनआरएन ए बेल्जियम र बेल्जियम स्थित नेपाली संघ संस्थाको आयोजनामा बेल्जियमको स्थानिय संस्था बेल्जियम नेपालमैत्री संघ (BNFA) संगको सहकार्यमा सम्पन्न हुने उक्त महोत्सवमा १० हजार भन्दा बढी बेल्जियनहरू सहभगी हुने जनाईएको छ ।
बिशेष गरेर नेपाली कला, सस्कृति भेष-भुषाको प्रदर्शन, नेपाली उत्पादनहरूको प्रदर्शन तथा बिक्री बितरण गरि समग्र नेपालको प्रबर्दन गर्ने उदेश्यले आयोजना गरिने महोत्सबमा विभिन्न संघ-संस्था तथा व्यक्तिहरुले स्टल राखेर नेपालका उत्पादनहरूको प्रदर्शन र बिक्री बितरण गर्न सक्ने समेत जनाईएको छ ।

महोत्सब लाई सफल पार्न सोदफोन्टेन नगरपालिकाले सम्पुर्ण लोजिस्टिक सहयोग गर्ने भएको छ । बेल्जियमको साउथफोन्टीन नगरपालिकाले साउथफोन्टीनमा आयोजना गरेको ‘सानो नेपाल’ नामक चार दिने महोत्सवको अवसर पारेर नेपाल महोत्सवको आयोजना गरिएको हो । बिशेष गरेर नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला, संस्कृतिलाई चिनाउने सुनौलो मौकाको रुपमा रहेको छ ।

महोत्सवमा बिभिन्न नेपाली साँस्कृति झल्किने झाकीहरुको प्रदर्शन लगाएत उद्घाटन समारोहमा नेपाली नौमती बाजा समेत प्रस्तुत गरिने जनाईएको छ । नेपाली कला सस्कृति तथा पर्यटन प्रवर्द्धन मा बिशेष सहयोग पुग्ने हेतुले आयोजना गरिएको महोत्सवमा यूरो कलाकार संघ बेल्जियमको मुख्य संयोजनमा बिभिन्न सास्कृति कार्यक्रमको आयोजना समेत गरिने भएको छ