कास्कीमा एम्बुलेन्स र माइक्रोबस ठोकियो, दुईको मृत्यु दुई घाइते


सागर राज तिमिल्सिना
पोखरा, ३ असोज/म्यादीबाट पोखरा विरामी लिएर आउदै गरेको एम्बुलेन्स र माइक्रोबस ठोकिदा दुई जनाको मुत्यु भएको छ । ध१च १९० को एम्बुलेन्स र पोखराबाट बाग्लुङ्गका लागी जादै गरेको ग१ख ३१४३ नम्बरको माइक्रोबस ठोकिदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

कास्कीको धम्पुस गाविस १ घट्टेखोलामा ठोकिदा एम्बुलेन्समा सवार दुई जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा म्याग्दी घारा ३ का ८२ वर्षिय लालमती गवुर्जा मगर र उनकै छोरा ४५ वर्षिय दिल बहादुर गवुर्जा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना पछि अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।