आजको राशिफल,२०७१ साल आश्विन ४ गते शनिबार


आजको पञ्चाङ्ग
आज मिति २०७१ साल आश्विन ४ गते शनिबार, तदनुसार सिताम्वर २० सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शरद ऋतु चल्दै छ । चान्द्रमान अनुसार आश्विनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनकृष्णपक्षको द्वादशी अहोरात्र रहनेछ । आज सूर्य कन्या राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३० घटि २५ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५१ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर १ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष ः पारिवारिक विरोध खेप्नुपर्ने, आफ्नै पेशाबाट घाटा हुन सक्ने, सामाजिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।
वृष ः नयाँ मित्रसँग भेट, आर्थिक क्षेत्रबाट लाभ पाइने, अधुरो कार्य पुरा हुने सम्भावना दिन महत्वपूर्ण रहनेछ ।
मिथुन ः आम्दानीमा गिरावट आउनेछ, समय विवादित रहनेछन, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।
कर्कट ः पुरानो कार्यबाट आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरु बढ्नेछन्, धर्मकर्ममा मन जानेछ समय शुभ छ ।
सिंह ः स्वास्थ्यमा क्रमिक सुधार आउनेछ, सापटी दिएको धन प्राप्त हुनेछ, दिन शुभ छ उपयोग गर्नुहोला ।
कन्या ः एक्कासि धन तथा जमिन लाभ पाइने, नयाँ कार्यमा लगानी हुन सक्नेछ, दिन सबै प्रकारले शुभ रहनेछ ।
तुला ः पारिवारिक किचलो थपिनाले मानसिक चिन्ता बढ्दै जानेछ, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।
वृश्चिक ः आफ्नै पेशाबाट नोक्सान व्यहोर्नुपर्ने, यात्रा गर्दा कठिनाई, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।
धनु ः दैनिक कार्य अधुरा हुन सक्नेछ, विरोधीहरु सक्रिय हँुदै जान सक्नेछन, स्वास्थ्य हानी समय तथा दिन खराब छ ।
मकर ः शैक्षिक तथा सामाजिक प्रगति हुने, प्रेमप्रसँग सुमधुर रहन सक्नेछन्, आदर सत्कार पाइनेछ, दिन शुभ छ ।
कुम्भ ः मित्रहरुबाट सहयोग पाइनेछ, कला क्षेत्रमा अभिरुचि बढ्ने, एकमुष्ठ रकम संकलन हुने, स्वादिष्ट ब्यञ्जन प्राप्त हुने ।
मीन ः स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जोसँग पनि विवाद पर्न सक्नेछ, चनाखो हुनुहोला ।

आजको साइत ः आज उत्तर र पश्चिम बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल आश्विन ४ गते शनिबार बिहान ५ः५१ बजेदेखि ७ः२१ बजेसम्म काल बेला, बिहानमा ७ः२१ बजेदेखि ८ः५१ सम्म शुभ बेला, बिहानमा ८ः५१ बजेदेखि १०ः२१ बजेसम्म रोग बेला, बिहानमा १०ः२१ बजेदेखि ११ः५१ बजेसम्म उद्वेग बेला, बिहान ११ः५१ बजेदेखि दिनमा १ः२१ बजेसम्म चर बेला, दिनमा १ः२१ बजेदेखि २ः५१ बजेसम्म लाभ दिनमा २ः५१ बजेदेखि ४ः२१ बजेसम्म अमृत साँझ ४ः२१ बजेदेखि ५ः५१ बजेसम्म काल बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः बिहानमा ९ः०० बजेदेखि १०ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त, मोवाइल नं. ९८४६१४७३६९