फेवाताल पारीको लेक हाउस, गए पछि फर्कन मनै लाग्दैन


सागर राज तिमिल्सिना
पोखरा ,असोज ३/फेवाताल पारी होटलको संख्या न्यन भएका बेला स्थरीय सेवा सहित लेक हाउस होटल सन्चालनको तयारीमा रहेको छ । करिब ५० लाखको लागतमा निमार्णको अन्तिम चरणमा पुगेको लेक हाउसमा बस्ने र खाना दुबै सेवा उपलव्ध छ ।
तीन जना युवाहरुले लेक हाउस सन्चालनमा ल्याउन लागेका हुन् । पर्यटन व्यवसायमा सक्रिय युवा वैभव पौडेल, सुजन जोशी र राजु श्रेष्ठले सन्चालनमा ल्याउन लागेका हुन् । कास्कीको पुम्दीभुम्दी १ तालपारीको २ रोपनी क्षेत्रमा करिब ५० लाखको लागतमा निमार्णको अन्तिममा पुगेको छ । लेक हाउसबाट पोखरा, फेवाताल, अन्नपुर्ण हिमश्रृखला, सुर्योदय लगाएतको रमणीय दृश्य हेर्न पाइने सन्चालक पौडेलले बताए ।

सुन्दर दृश्य, शान्त र फोटोग्राफिका सौकिनले छुटाउनै नहुने पौडेलको भनाइ छ । डुङ्गाबाट आधा घण्टामा पुग्ने सकिने लेकहाउस पुगे पछि कुनै कलाहाल हुदै भन्दै पौडेल भने चराहरुको चिरविर सुन्न सकिन्छ । उनले मुख्य गरि परिवार सहित आउनेलाई अझ राम्रो भएको बताए । परिवार सहित आउनलेलाई ३ रुपको छुटै घरमा राखिने बताए । त्यसको ५ हजार रुपैया तिर्नु पर्ने उनको भनाई थियो । त्यसै गरि प्रति कोठाको १५ सय पर्ने पौडेलले बताए ।

पौडी खेल्न, दृश्य अवलोकन गर्न, फिसिङ्ग गर्न र शान्त सगँ रमाउन लेक हाउस पुग्नु पर्ने पौडेलले बताए । पहिले जान टाढा भनेपनि गैसके पछि पाहुनाहरु बसिराख्ने मनपराउने गरेको पौडेले बताए । लेक हाउस शनिबार देखि पुर्ण रुपमा सन्चालनमा आउने उनको भनाई छ ।