नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष डुम्रेको प्रतिबद्दता पत्र


नेपाली जनसम्पर्क समिति स्पेनको चौथो अधिबेशनबाट हालै अध्यक्ष बनेका शालिकराम डुम्रेले स्पेनबासि नेपाली समुदायबीच आफ्नो कार्यकालका लागि प्रतिबद्दताहरु जाहेर गरेका छन्। नेपालीनेपाली डटकमलाई डुम्रेले उपलब्ध गराएको प्रतिबद्दता पत्र जस्ताको तस्तै :-

१) नेपाली जनसम्पर्क समितिको सम्पर्क कार्यालय खोलि नेपाली समुदायलाई दिनुपर्ने आबस्यक सहयोगको निरन्तरतालाई अझ प्रभाबकारी बनाइनेछ | जसले गर्दा दुताबासबाट सेवा प्रदान गरिने पासपोर्ट,वारेश्नामा तथा अन्य र नेपाली समुदायका समस्याहरुको सुष्म पहिचान गर्न सहज हुनेछ।

२) नेपाली बालबच्चाहरु ( यहि जन्मिएका तथा नेपालबाट आएका ) को नेपाली भाषा , कला , सस्कृति प्रति लगाब , सदभाब तथा गौरबलाई अभिबृद्दी गर्न गराउन नेपाली कक्षाहरु बिभिन्न ठाउहरुमा पायक पर्ने गरी संचालनमा ल्याइने छ |

३) स्पेन स्थित बिभिन्न संघ सस्थाहरु संगको सहकार्यलाई जोड दिदै नेपाल तथा नेपाली समुदाय स्पेनमा भै परि आउने सामुहिक समस्या तथा हितको पहिचान गरि एकिकृत समाधानमा सस्थालाई अग्रणी स्थानमा क्रियाशील गराइनेछ |

४) स्पेनमा नेपाली दुताबास राख्ने सन्दर्भमा नेपाल सरकार ,हाम्रो माउ पार्टी नेपाली कांग्रेस तथा अन्य सम्बन्धित निकायमा गर्नु पर्ने पहललाइ अझ प्रभाबकारी बनाइने छ |

५) नेपालि कांग्रेस केन्द्र संगको सम्बन्धलाई बलियो र पारस्परिक बनाइ नेपाली कांग्रेसको केन्द्रिय अधिबेसनमा जनसम्पर्क समितिहरुको प्रतिनिधित्व सुनिस्चित गर्न प्रयत्नशील रहदै जनसम्पर्क समितिहरुको अन्तरास्ट्रिय संजाल तथा पारस्परिक सम्बन्धलाइ प्राथमिकताका साथ अघि बढाइने छ |

६) बिभिन्न समयमा बिदेशी मुलका नागरिकहरुको हकमा परिबर्तित भैरहने कानुनहरुलाई यथेस्ट रुपमा नेपाली समुदायहरुका बिच जानाकारीको लागि यहाका बरिस्ट वकिलहरु संगको सामुहिक परामर्शको कार्य लगायत पुर्बबर्ती समितिहरुले अङ्गीकार गरेका बिभिन्न राम्रा कार्यहरुलाइ प्रभाबकारी रुपमा अघि बढाइनेछ |

७) जनसम्पर्क समितिलाइ स्पेन कै अग्रणी सस्थामा प्रभाबकारी रुपमै रुपान्तरण गर्दै अनुसाशित , मर्यादित ,एकत्रित ,भब्य र सभ्य बनाउने प्रण गर्दै बिधि बिधान र ब्यबहारको उच्चतम मुल्य मान्यता बाट हिड्ने परिपाटीको बिकाशमा जोड दिइनेछ |

८) जन सम्पर्क समिति स्थापना काल देखि हाल सम्म भए गरेका बिबिध कार्य ,समिति, तथा दस्ताबेझहरुको अभिलेखीकरण गर्दै एक स्मारिका निकाल्ने , वेबसाइटलाइ अधिकतम प्रयोगमा ल्याई सस्थाका गतिबिधिहरुलाई प्रकाशमा ल्याउने ब्यबस्थालाई प्रभाबकारी बनाइने छ |

९) सस्था भित्र तथा बाहिर ,सहमति सहकार्यलाइ राम्रो दिशा तिर निर्देशित तथा दोर्हौउन जन सम्पर्क समिति स्पेन सधै अग्रसरित भैरहने छ |

शालिकराम डुम्रे
अध्यक्ष
नेपाली जनसम्पर्क समिति , स्पेन