नेपाल स्पेन समाजले बेनिडर्ममा दशैँ कार्यक्रम गर्ने


 

प्रकाश तिवारी

 

बेनिडर्म-

स्पेनको कोस्टाब्लान्का क्षेत्रका नेपाली समुदायको हीतमा बिभिन्न कार्यक्रम गर्दै आएको नेपाल स्पेन समाजले  कोस्टा ब्लांका क्षेत्रमै धेरै नेपालीहरुको बसोबास रहेको शहर बेनिडर्ममा नेपालीहरुको महान चाड बडादशैँ बिबिध कार्यक्रमका साथ मनाउने भएको छ।

गतमहिना  नारीहरुको महान चाड तीजको सफल कार्यक्रम सम्पन्न गरेको समाजले दशैँ कार्यक्रम धुमधामका साथ मनाउने भएको छ । समाजका अनुसार दशैँ कार्यक्रममा बिभिन्न नेपाली खानाका परिकारका साथमा बिबिध नेपाली सास्कृतिक कार्यक्रमका साथै अन्य मनोरन्जनात्मक कार्यक्रम पनि गरिने बताउदै यस क्षेत्रमा बस्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा सहभागी भएर कार्यक्रमलाई सफल पारिदिनु हुन अनुरोध गरेको छ ।

कार्यक्रम हुने मिति: अक्टोबर ३, शुक्रबार
समय: साँझको ७ बजे देखि
स्थान: Calle Gerona 13, Benidorm (युरोपा बस पार्क भित्र टिकट काउन्टर नजिकै)
शुल्क: १० युरो