बाल मञ्च कृस्तीको अध्यक्षमा पुन प्रबिना ठकुरी,चौथो साधारण सभा सम्पन्न


हेमराज अधिकारी

कृस्ती, भदौ २-
बालअधिकार संरक्षण, बालबालीकाको क्षमताअभिबृद्धि र समुदायमा रहेका कुसंस्कारको अन्त्य गरी बाल मैत्रीगाबिस निर्माणमा जुटेको गाउ ँबाल मञ्च कृस्तीले बालबालिकाका कुरा सुनौ बाल दुब्र्यवहार अन्त्य गरौँ भन्ने नाराका साथ २३ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आफ्नो चौथो साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कृस्ती गाबिसका वडा स्तरमा संगठीत बाल क्लबका ६४ जना बालबालीकाको सहभागितामा सम्पन्न सो बार्षिक साधारण सभाले पुन २ बर्षका लागि प्रबिना ठकुरीको अध्यक्षतामा नयाँ कार्य समितिचयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा ईश्वर पौडेल, सचिवमा रचना थापा, कोषाध्यक्षमा बिष्णु सुनार (बालिका), सहसचिवमा अञ्जना पौडेल र सदस्यहरुमा क्रमस रञ्जना परियार, कबिता सुबेदी, सम्झना सुबेदी रञ्जना थापा चयनहुनु भएको छ भने आमन्त्रीत सदस्यहरुमा ममता परियार,बिन्ती जिसी, सन्तु माय ातामाङ्ग र शाहीमा कार्की रहनुभएको छ ।
मञ्चका अध्यक्ष प्रबिना ठकुरीले संस्थाले यस बर्ष सम्पन्न गरेका बिबिध कार्यक्रमहरु त्यस बाट प्राप्त उपब्धी, चुनौती र बजेट बिरण सहितको बार्षिक प्रगतिप्रतिबेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा प्रमूखअतिथी डील्ली राम गीरी, बिशेष अतिथी दुर्गाप्रसाद खनाल, नेपाली काँग्रेसका चेतबहादुर कार्कि, एनेकपा माओबादीका कृस्ती संयोजक शिव पौडेलले मञ्चको कार्यकुशलताको प्रशंसा गर्दै आगामि सफल कार्यकालका लागिशुभकामना ब्यक्तगर्नुभयो ।

मञ्चका पुर्व अध्यक्षहरु क्रमस हेमराज अधिकारी र मोनीका रानाभाटले कार्यक्रमको औचित्य तथा बालमञ्चको बिगतको यात्राका बारेमा आफ्ना धारणा राख्दै आगामि दिनमा नेपालकै नमुना बाल मञ्च बनाउन लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रममा कृस्ती गाबिसका कार्यकारी प्रमूख डिल्ली राम गीरीको प्रमूख आतिथी रसिद्धार्थ क्लबका कार्यक्रम संयोजक दुर्गा प्रसाद खनाल बिशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मञ्चमा आबद्ध भई लामो समय सम्म संस्थाको हरेक गतिबिधिहरुमा सक्रियतापूर्वक योगदान गर्न ेक्रमस संस्थापक अध्यक्ष हेमराज अधिकारी,पुर्व अध्यक्ष मोनीका रानाभाट, अध्यक्ष प्रबिना ठकुरी र अभियान कार्यक्रम संयोजक अञ्जली थापालाई खादा र सम्मान पत्र सहित प्रमूख अतिथी गीरी, अतिथीहरु दुर्गाप्रसाद खनाल र बद्रीनाथ सुबेदीले सम्मान गर्नु भएको थियो ।