शिक्षकले भनेको विषय पढ्न नमाने पछि, कास्कीमा दृष्टीविहिन छात्रा बलत्कृत


पोखरा,  २  असोज

आफुले भनेको विषय पढ्न नमानेको भन्दै कास्कीमा एक छात्रा बलत्कारको शिकार बनेकी छन् । कास्कीको लेखनाथमा रहेको एकिकृत दृष्टीविहिन छात्रामा बस्ने छात्रालाई छात्राबास कै इन्चार्जले बलत्कार गरेको आरोप लागेको छ । छात्राबासँका इन्चार्ज दण्डपाणी ढकालले कोहि नभएको मौका पारी बलत्कार गरेका हुन् ।
४७ वर्षिय ढकालले ति १८ वर्षिय छात्रालाई छात्रा बासँको अथिति कक्षमा बलत्कार गरेको जाहेरीमा उल्लेख रहेको कास्कीका प्रहरी प्रमुख बसन्त लामाले गन्थन डटकमलाई जानकारी दिए । ढकालले नेपाली विषय पढ्न भने पनि नमानेर अग्रेजी विषय पढेपछि मैले भनेको नमान्ने भन्दै बलत्कार गरेको ति छात्राको उजुरीमा उल्लेख छ । जनप्रकास उच्चमावि भण्डारढिकमा कक्षा ११ मा अध्ययनरत छात्रा एक महिना पहिले मात्रै होस्टेलमा आएकी जानकारी दिए । ढकाल होस्टलेका इन्चार्ज, शिक्षक र आफु पनि दृष्टीविहिन हन् । छात्रालाई भाद्र १९ गते ढकालले बलत्कार गरेका थिए ।

उजुरीमा छात्राले भाद्र १९ गते क्याम्पसबाट साढे तीन बजेतिर होस्टेलमा आई पढ्नका लागी बाहिर निस्किने क्रममा ढकालले जर्वजस्ती अतिथि कक्षमा लगेको उल्लेख छ । छात्रालाई ढकालले गाला मुसार्ने, सम्बेदनसिल अङ्ग चलाएको र मुख थनेर बलत्कार गरेको छात्रको उजुरीमा उल्लेख छ । बलत्कार पछि पनि अन्य दिन एक्लै भेट्ने वित्तिकै सम्बेदनसिल अङ्ग चलाउने गरे पछि छात्रालाई मानसीक तनाव भएको थियो । तनाव खेप्न नसके पछि उनले १० दिन पछि होस्टेलमा बस्ने दिदिलाई भनेकी थिइन् । त्यस पछि मात्रै भदौ ३१ गते प्रहरीमा छात्राले उजुरी दिएकी हुन् । उजुरी पछि प्रहरीले ढकाललाई मंगलबार नै पक्राउ गरेको छ । उनलाई ५ देखि ७ वर्ष कैद हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।