पत्रकार र नेपाली समुदायबीच बार्सिलोनामा अन्तरक्रिया सम्पन्न


बसन्त रानाभाट
बार्सिलोना
नेपाल पत्रकार महासंघका महासचिब उजिर मगरले आफु १० हजार ८ रुपैया पाप्त गर्न नसकेका पत्रकारहरुको नेता भएको बताएका छन्। नेपालमा रहेका पत्रकारहरुको पछील्लो अबस्था बारे जानकारी गराउदै मगरले यस्तो बताएका हुन्।

स्पेनमा रहेका पत्रकारहरुले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका मगरले भने ” म निर्बाचित भएको ४ महिनामा मालिकले तलब नदिएको भन्दै २ हजार पत्रकारहरुले महासंघमा निबेदन दिएका छन्। करिब ११ हजार पत्रकार रहेको हाम्रो मुलुकमा श्रमजिबी पत्राकार ऎन २० प्रतिशत मात्र लागु भएको छ यो बिडम्बना हो। मालिकको गाडीको ईन्सुरेन्स हुन्छ, क्यामाराको ईन्सुरेन्स छ तर हाम्रा पत्रकारको ईन्सुरेन्स छैन।”
महासचिब मगरले स्पेनबासि नेपाली संघसस्था,संगठन,गैरआबासीय नेपाली संघका प्रतिनिधिहरुले समग्र रुपमा देखिएका समस्यालाई प्रस्तुत गरे पछि ,यो बारेमा आफुले कलम चलाउने प्रतिबद्दता ब्यक्त गरे।

“स्पेनबासि नेपाली समुदायको हितमा मिडियाको भूमिका” बिषेयक अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले स्पेनमा रहेका समस्याहरुलाई प्रस्तुत गरेका थिए। राजदुताबास स्थापनामा पटक पटकका कार्यक्रमहरुमा जोड दिएकै जस्तै अन्तरक्रियामा पनि स्पेनमा दुताबास भए ७५ प्रतिशत समस्या आफै समाधान हुने भन्दै बक्ताहरु सरकारको ध्यान आकार्षण गराएका थिए।

IMG_0094
अन्तरक्रिया कार्यक्रममा गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परीषद सदस्य दीपक खरेल,रास्ट्रिय समन्वय परीषद स्पेन अध्यक्ष एक राज गिरी, नेपाली जनसम्पर्क समिति स्पेन अध्यक्ष शालिकराम डुम्रे,निबर्तमान अध्यक्ष चिन्तामणी सापकोटा,प्रबासी नेपाली मन्च अध्यक्ष मुक्त गुरुङ,नेपाली जनप्रगती शिल मन्च(एमाओबादी), अध्यक्ष महेश्वर कडेल, जनप्रगती शिल मन्च( ड्यास माओबादी) उपाध्यक्ष कृष्ण हरी कडेल,तमु समाज अध्यक्ष ज्योती गुरुङ, एनआरएनए स्पेन युवा संयोजक लक्ष्मण शर्मा,कलाकार डिक कार्की, नेपाली वेभका भोला लामिछाने,रेडियो स्पेननेपालबाट हेमन्त रानाभाट लगायतले बोलेका थिए।
स्पेनमा रहेका पत्रकारहरुको सामुहिक प्रयासमा पहिलो पटक भएको अन्तरक्रिया कार्यक्रम को अध्यक्षता पत्रकार दीपक क्षेत्रीले गरे भने कार्यक्रमको संचालन बसन्त रानाभाटले गरेका थिए ।

10682421_811250588927162_8839515328969438341_o 10687968_811250575593830_362479222426156345_oIMG_0089

IMG_0108

IMG_0106