सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट तिमिल्सिना सम्मानित


दिननाथ बराल
पोखरा, ३१ भदौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७१ बाट एभिन्यूज टेलिभिजनका पोखरा संवाददाता सागरराज तिमिल्सिना सम्मानित भएका छन । सहारा क्लबको १६ औँ वार्षिकोत्सव तथा साधारण सभाको अवसरमा सोमबार पोखरा १७ सहारा एकेडेमी दोविल्लामा आयोजित समारोहमा तिमिल्सिनालाई सम्मान गरिएको हो ।

तिमिल्सिनालाई पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश थपलिया, प्रतिभा छनौट समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र क्लबका अध्यक्ष विरभद्र आचार्यले सम्मानपत्र, खादा, दोसल्ला, अबिर र फुलमालाले सम्मान गरीएको हो । उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैँया नगद रहेको छ । २०५७ सादबाट पोखरामा पत्रकारीता सुरु गरेका तिमिल्सिनाले समाधान राष्ट्रिय दैनिक, पोखरा एफ.एम., विग एफ.एम. लगायतका संचार माध्यममा काम गरेका थिए । सम्मानित भएपछि तिमिल्सिनाले पत्रकारीत पेशा छाड्ने सोच बनाएको अबस्थामा सम्मान पाएकोले पुनः सोच्न बाध्य गराएको बताउदै पुरस्कारले थप जिम्मेवारी बढाएको बताए ।

खेलकुद पत्रकार मञ्च कास्कीका सदस्य समेत रहेका उनीले गनथन डटकमका सम्पादक हुन । यस अघि उक्त पुरस्कारबाट एकराज गिरी, प्रदिप पौडेल, दिननाथ बराल, राम गुरुङ, प्रेम नारायण न्यौपाने, विनोद लामिछाने, धन बस्नेत र कुलचन्द्र न्यौपाने सम्मानित भएका छन ।

सोही अवसरमा सहारा क्लब पोखराको वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेलेकोमा क्लबका सदस्य यज्ञप्रसाद रिमाललाई उत्कृष्ट सदस्य पुरस्कार २०७१ बाट सम्मान गरिइएको छ । कार्यक्रममा बोल्दै सम्मानित व्यक्त रिमालले आफ्नो सास रहे सम्म क्लव प्रति आफ्नो सहयोग निरन्तर रहने जनाए । साथै क्लबका मानार्थ सदस्य तथा पोखरा उद्योग वाणिज्य संघको ३० औँ महाधिवेशनबाट कोषाध्यक्ष पदमा निर्वाचित भएका दिलिपराज श्रेष्ठलाई कार्यकालको सफलताको कमना गर्दै बधाई ज्ञापन गरिइएको थियो ।

कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय प्रशासक थपलियाले निजी स्तरबाट क्लबले गरेको कार्यको प्रशंसा गर्दै सरकारी स्तरबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले क्लबले दोविल्लामा सञ्चालनमा ल्याएकोे सहारा एकेडेमी नदीकटानको जोखिममा रहेको हुदाँ एकेडेमीको संरक्षण गर्न भोलि मंगबलारदेखिनै जोखिम युक्त क्षेत्रको अध्ययन अनुसन्धानका लागि टोली खटाई काम सुरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित द्धितिय उपाध्यक्ष मिनराज काफ्ले, क्लबका सल्लाहकार परिषदका अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, महासचिव केशवबहादुर थापा लगायतले क्लवको बारेमा चर्चा गरे ।

उक्त अवसरमा क्लबका जुनियर सदस्य ४, ५ जना सदस्यलार्ई सदस्यताको प्रमाणपत्र र नविन अधिकारीलाई आजीवन सदस्यको प्रमाणपत्र वितरण गरिइएको थियो । कार्यक्रममा २०७० सालमा एस.एस.सी उर्तिण भएका क्लबका सदस्य तथा सदस्यका छोराछोरीहरुलाई सम्मान गरिइएको थियो । कार्यक्रम क्लबका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा भएको थियो । सहारा एकेडेमीमा हाल १२ जिल्लाका २२ जना कठिन परिस्थिति र विपन्न बर्गका वालवालीकाहरु निशुल्कआवास, शिक्षा र फुटवल प्रिशिक्षण लिदै गरेका छन । एकेडेमीमा ३० जना वालकहरु पुराउने लक्ष्य राखिएको अध्यक्ष आचार्यले जनाए । “खेलकुदको विकासमा सहकार्य गरौं पोखराको खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ गत फागुन २० देखि चैत्र एक गतेसम्म पोखरा रंगशलामा संचालन भएको बाहैं आहा रारा गोल्ड कपबाट २९ लाख वचत गर्न सफल भएको कोषाध्यक्ष विश्वराज बरालले बताए । प्रतियोगितामा ७८ लाख ६२ हजार आम्दानी भई ४९ लाख ६० हजार खर्च भएको बरालले जनाए । विभिन्न दाताको सहयोगले क्लवले विगतका बर्षदेखि एकेडेमि संचालन गर्दै आएको हो ।