नेतृत्व चयन बिना नै पत्रकार महासंघ यूरोपको दोस्रो अधिवेशन सम्पन्न, सदस्यताबारे विवाद


बेल्जियम –

नेपाल पत्रकार महासंघ, युरोप शाखाको निर्वाचनमा पदको लागि लुछाचुँडी भएपछि बिना निर्णय सकिएको छ । आइतवार बेल्जियमको बन्दरगाह सहर एन्टवर्पमा भएको दोश्रो अधिबेशनको क्रममा सदस्यता सम्वन्धि विवादले उग्र रूप लियो । को पत्रकार र को अलपत्रकार भनी छुट्याउन नसकिएपछि कुनै निर्णय हुन नसकी टुंगिएको हो ।

पत्रकार महासंघ युरोप शाखाको निर्वाचनमा गुटबन्दीले निर्णयहिन दुई बर्ष अगाडि फ्रान्सको पेरिसमा सम्पन्न प्रथम अधिबेशनका सदस्यहरुलाई अमान्य मान्दै अगाडि बढ्न खोजेपछि जटिल समस्या उत्पन्न भएको थियो। युरोप शाखाको प्रथम अधिबेशनको निरन्तरता नमानी फ्लोरबाट नयाँ मापदण्ड र ढंगबाट नेतृत्व चयन गर्ने प्रक्रियामा जाँदा झन् समस्या जेलिएको हो । को-को सदस्य बन्दा/बनाउँदा आफू नेतृत्वमा आइन्छ भनेर गुटबन्दी भएपछि अन्ततः सदस्यहरुको निर्क्यौल हुन सकेन ।

अधिबेशन कै लागि बेल्जियम आएका पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टले शाखाको स्थायीत्वको निम्ति मिलाएर लैजाने प्रयत्न गरेका थिए । त्यसअनुसार, अधिबेशनमा सहभागिता जनाएका १० युरोपेली मुलुकका पत्रकारहरुमध्येबाट सर्वसम्मतरुपमा १७ जना सदस्यहरु छनौट गर्ने र तिनैबाट एक संयोजक तथा दुई सह-संयोजक रहने गरी समिति गठन गर्ने तथा सदस्यता छानबिन समिति समेत गठन गर्ने प्रस्तावमा सहमति भएको थियो। समितिले प्रथम अधिबेशनका सदस्यदेखि दोश्रो अधिबेशनमा नयाँ सदस्यताका लागि आवेदन दिएकाहरूको समेत सबै नामावलीहरुको छानबिन गर्ने सहमति भएको थियो। सहमति अनुसार छानबिन समितिबाट राय सहित केन्द्रमा पठाईएका सदस्यहरुको निर्क्योल भएपछि मात्रै संयोजन समितिले अधिबेशनको आव्हान गर्ने निर्णय भएको थियो । तर सहमति अनुरुप सर्वसम्मत रुपमा छानिएका १७ सदस्यहरुमध्ये को संयोजक रहने भन्ने बिषयमा पुनः विवाद बल्झियो। पदावधि सकिँदै गरेका अध्यक्ष महेश थापा तथा उपाध्यक्ष केजिन राईको पक्ष विपक्षमा सदस्य देखिएपछि सर्वसम्मत रुपमा संयोजकको चयन हुन सकेन ।

1505434_732271100173995_7282341567521379540_n

धेरैका लागि स्वीकार्य मानिएका पुरानो समितिका अध्यक्ष महेश थापाको नाममा समेत सर्वसम्मति नभएपछि पत्रकारहरु उठेर हिँडेका थिए। उनीहरु निकै चिन्तित र क्रोधित देखिन्थे। यसरी अन्तिम समयसम्म पनि सहमतिको निम्ति विभिन्न विकल्प अपनाएका अध्यक्ष बिष्टका अनेक प्रयास असफल भै नयाँ नेतृत्व चयन हुन नसकेपछि बाँकी निर्णय केन्द्रले गर्ने भन्दै अध्यक्ष बिष्टले आइतवारको चुनावी खेल टुंगाइदिए।

अधिबेशन तयारी क्रममा शाखाले महासंघको बैदेशिक नियमावलीअनुसार सदस्यता आव्हान तथा संकलन गरेको थियो । युरोप समितिका उपाध्यक्ष केजिन राईले व्यक्तिगत रुपमा छुट्टै नामहरू संकलन गरेर अधिबेशन हलमा ल्याएका थिए। सदस्यता आवेदन गर्नेहरूको नाम सामान्यतः सार्वजनिक हुनु पर्नेमा राईद्वारा सँकलित नामहरू अधिबेशन हलमा प्रस्तुत गर्न आनाकानी गरिएको थियो । महासँघको केन्द्रीय प्रतिनिधिका रूपमा अध्यक्ष बिष्ट स्वयं रहेका थिए । त्यसैगरी युरोप भ्रमणमा एक हप्ताअघि आएर कार्यक्रममा सहभागी बन्न आइपुगेका महासंघका महासचिव उजिर मगरको उपस्थितिलाई सहभागीहरूले चाखपूर्वक हेरेका थिए । -nepalbritain

तस्बिर – दीपक क्षेत्री

10624850_732255846842187_629331712000480165_n10610471_732255823508856_5382549954068142193_n10653671_732251736842598_5341960511262582177_n