दोहोरी गीत प्रतिष्ठानको साधारण सभा


माधव बराल
पोखरा, ३१ भदौ

राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानको १४ औं केन्द्रीय बार्षिक साधारण सभा आजदेखि पोखरामा सुरु भएको छ ।

साधारण सभामा गाउँ शहरमा लमजुङ दरबार बोलको गीत गाउने लोक गायिका उमा गुरुङ, माया गुरुङ, संचारकर्मी अनुषा पौडेल, उत्कृष्ट कार्य गर्ने गायक सुरेन्द्र गुरुङ, उत्कृष्ट कार्य गर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी र रुपन्देहीलाई सम्मान गरिएको छ । उहाँहरुलाई बरिष्ठ साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसले सम्मान गर्नुभएको हो ।

दुई दिनसम्म चल्ने साधारणमा सभामा ६३ जिल्लाका करिव २ सय प्रतिनिधि लगायत ३ सयको सहभागिता रहेको आवास व्यवस्थापन उपसमितिका संयोजक तथा प्रतिष्ठान गण्डकीका अध्यक्ष जीवन दाहालले जानकारी दिनुभयो ।

।सभामा नेपाली लोक संगीतमा देखिएका समस्याको सामाधानको बारेमा पनि छलफल गरिनेछ ।सभाको उद्घाटन सत्र प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माको अध्यक्षतामा भएको थियो ।