मुक्तिनाथ बैंकले ३९.९ प्रतिशत लाभांश वितरण गर्ने


दिननाथ बराल
पोखरा ३१, भदौ

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई ३९.९० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैक सञ्चालक समितिको आइतबार बसेको बैठकले ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.९० प्रतिशत नगद लाभांश गरी कूल ३९.९० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको बैकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले बताए ।

उक्त लाभांश वितरण नेपाल राष्ट्र बैंकले स्वीकृत दिई आगामी साधारण सभाले निर्णय गरेपछि मात्र लागु हुने ढकालले बताए ।

गत आर्थिक बर्षको अन्तमा बैंकले ५ अर्व १९ करोड निक्षेप संकलन गरी ४ अर्व ४४ करोड कर्जा लगानी गरि २३ करोड ८६ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । यस अवधि सम्म बैंकको चुक्ता पुँजी ३६ करोड ७५ लाख रहेको छ भने बैंकले २५ प्रतिशत हकप्रद शेयर जारी गर्न अन्तिम चरणमा रहेको ढकालले जनाए ।