संकल्प आमा समुहद्धारा राहत हस्तान्तरण


पोखरा, ३१ भदौ

संकल्प आमा समुह पोखरा १७ विरौटाका दिदीवहीनीहरुले वाढि पिढित तथा विपन्न वर्गका लागि भन्दै आफुहरुले संकलन गरेको राहत सोमवार हस्तान्तरण गरेका छन् ।

५ हजार नगद सहित केही लक्ता कपडा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा सामाजिक अभियन्ता सुष्मा पौडेललाई हस्तान्तरण गरेका हुन् । संस्थाका अध्यक्ष भगवति वरालले मानव विकास मंच नेपालका अध्यक्ष समेत रहेकी पौडेललाई हस्तान्तरण गरेकि हुन् ।

पौडेलले आमा समुहलाई धन्यवाद ज्ञापन गर्दै यसभन्दा अगाडी कर्णली वासीन्दाका लागि न्यानो कपडा संकलन अभियान तथा चेपाङ समुदायका लागि कपडा संकलन अभियान र विपन्न वर्गका लागि कपडा संकलन अभियानमा समेत विगतका दिनमा आमा समुहले सक्रिय भुमिका खेलेको स्मरण गरिन् । उनले आमा समुहलाई राहत सामाग्रि संकलन गर्न अनुरोध नगरिकन पनि मानविताका साथ उक्त राहत संकलन गरि हस्तान्तरण गर्नु परोपकारी कार्य भएको भन्दै परोपकार नै सवैभन्दा ठुलो धर्म भएको वताइन् ।

साथै उक्त कार्यक्रममा आमा समुहका सदस्य पोखरा १७ निवासी शोभा कार्कीले एक हजा एक सय एघार रुपया हस्तान्तरण गरेकि थिइन् । कार्यक्रममा वोल्दै आमा समुहका पुर्व अध्यक्ष मोतिमाया वरालले मानव विकास मंच नेपालले महिला शसक्तिकरणदेखि समाजका कुरिति कुसंस्कारहरुलाई हटाउन र मानवियता जगाउन समाजमा उल्लेख्य कार्य गरेको भन्दै सहकार्य गर्न पाएकोमा खुसि व्यक्त गरिन् । अध्यक्ष भगवति वरालले कपडा संकलन अभियानमा एक्यवद्धता जनाउदै जाडोको लागि ज्याकेट र सुइटर संकलन अभियानको नेत्तृत्व समेत आमा समुहले गर्ने भन्दै सहयोग गर्न चाहानेहरुले वरालफिडमा ल्याएर जम्मा गर्न समेत अनुरोध गरिन् ।

कार्यक्रममा स्वागत मंतव्य मुगा नेपालीले व्यक्त गरेकि थिइन भने कार्यक्रमको संचालन सहसचिव विजया वरालले गरेकि थिइन् । कार्यक्रममा शोभा कार्की, हुम्मकली भट्टराई, आरती ढकाल लगायतले यस्ता प्रकारका अभियानहरुलाई निरन्तरता दिनुपर्ने वताए ।