प्याराग्लाइडिङ्ग सोलो पाइलटहरूद्वारा प्राथमिक उपचार तालिम शुरू


पोखरा ३१, भाद्र

नेपाल हवाइ खेलकूद संस्था अन्तर्गत कास्कीको सराङ्कोटको आकाशमा उड्ने सोलो पाइलटहरूको २४ जनाको एक समुहले प्राथमिक उपचार तालिम शुरु गरेको छ ।

सोलो पाइलटहरूको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा उक्त तालिम शुरु गरिएको हो । प्याराग्लाइडिङ्ग क्षेत्रमा हुने दुर्घटनाको प्राथमिक व्यवस्थापन गर्न सहज होस भन्ने उद्देश्यले उक्त तालिम शुरु गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटिका कोषाध्यक्ष धर्मराज अधिकारीले उद्घाटन गर्नु भएको सो कार्यक्रमा प्राथमिक उपचार कार्यक्रम संयोजक सूर्यप्रसाद ढकालले प्राथमिक उपचारको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

नेपाल रेडक्रसका ४ जना प्रशिक्षकहरू शुक्रराज शर्मा, खेमराज सापकोटा, सुमेरु त्रिपाठी, प्रतिभा सापकोटा रहुन भएको छ ।सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाबाट सञ्चालन हुने उक्त कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने पाइलट माधव तिवारीले जानकारी दिनु भयो ।