सहारा क्लबको रक्तदानमा ४५ यूनिट रगत संकलन


पोखरा, ३० भदौ

सहारा क्लब पोखराले आफ्नो १६ औँ वार्षिकोत्सव तथा साधारण सभाको अवसरमा आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ यूनिट रगत संकलन भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक बसन्तकुमार लामाले क्लबका उपाध्यक्ष हरिराम गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा रामबजार युथ क्लबका अध्यक्ष तिलकबहादुर गुरुङ, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र के.सी, पृथ्वी होटल व्यवसायी संघका अध्यक्ष रिजन शेरचन, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, क्लबका मानार्थ सदस्य महेश गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका विष्णु खत्री, क्लबका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक केशवराज बराल लगायतले बोल्नुभएको थियो ।

क्लबका अध्यक्ष विरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कालिका गण मालेपाटनका शसस्त्र प्रहरी जवानहरुको उत्साहजनक सहभागीता रहेको महासचिव केशवबहादुर थापाले रेडियो अन्नपूर्णलाई जानकारी दिनुभयो ।