पोखरामा हुने दशैं महोत्सवको तयारी तिव्र


दिननाथ बराल
पोखरा ३०, भदौ

नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा पोखरामा पहिलो पटक आयोजना हुन लागेको दशैं महोत्सव एवं बृहत निशुल्क शिविरको तयारी तिव्र पारिएको छ । ट्रेनर नेपाल पोखराको आयोजनामा आउदो असोज ३ देखि ११ गतेसम्म पोखरा प्रर्दशनी केन्द्रमा संचालन हुने उक्त महोत्सवको तयारी तीव्र पारिएको महोत्सव संयोजक रविन गुरुङले बताए ।

महोत्सवमा निम्न बर्गका व्यक्ति देखि मध्यम र सम्पन्न बर्गका व्यक्तिहरुलाई लक्षित गरी दशै पर्वको लागि आवश्यक खाद्य सामाग्रि, लक्ताकपडा मनोरन्जनको लागि नेपाली परम्परागत पिङको साथमा नव दुर्गा बिषेश पुजा समेत आयोजना हुने भएको गुरुङले बताए । नेपाल सरकारले दिएको मुल्यमा तीन किसिमको चामल समेत महोत्सवमा उपलब्ध गराउदै दशैंको लागि नयाँ नोठको लागि समेत महोत्सवमै बैंकहरुको व्याबस्था मिलाएको गुरुङले दाबी गरे ।

नौ दिनसम्म चल्ने महोत्सवमा कृषिजन्य, अटो, रेष्टुरेण्ट तथा दशैं पर्वलाई लक्षित गरी च्याङग्राको विक्रि वितरण समेत गरीने भएको गुरुङले बताए । उनले भने “यसपालीको दशैं पोखरेलीहरुलाई हामी सस्तो रुपमा मनाउने गरी सरसामानहरु महोत्सवमा उपलब्ध गराउने छौं ।” चार महिना लगायर भेडा च्याङग्रा महोत्सव स्थलमा समयमै उपलब्ध गराउने गरी आफुहरुले तयारी गरेको बताएका गुरुङले महोत्सव स्थलमा पोखरेलीलाई आवश्यक पर्ने च्याङग्रा उपलब्ध गराउने बचन दिएका छन । महोतसवमा करीब डेड सय स्टरहरु रहने भएको उनले बताए । महोत्सवमा सहुलियतका पसलहरु समेत राखिने गरी आफुहरुले तयारी गरेको गुरुङले जनाए । महोत्सव सम्पन्न गर्न ६० लाख ३५ हजार खर्च लाग्ने उनले जनाए ।

विगत एक दशक भन्दा लामो समयदेखि ट्रेनर नेपालले पोखरा क्विन, मिस्टर एण्ड मिस पोखरा, मिस थकाली, मिस लेखनाथ, मेगा मोडल लगायतका कार्यक्रमहरु आयोजना गरेको गुरुङले बताए । दशैं महोत्सवमा विहान निशुल्क शिविर हुने भएको छ भने बेलुका दशैं नाईट सो पप कन्र्सट आयोजना हुने भएको गुरुङले बताए । मौलिक चौरेली पिङ तथा लिङगे पिङ समेत उपलब्ध गराउने भएको उनले जनाए । १५ फिट अग्लो दुर्गा भगवानको मुर्ति समेत महोत्सवमा आकर्षको रुपमा राखिने गरी तयारी भएको गुरुङले जनाए ।

आनन्दराज गिरी महाराजले विहान निशुल्क शिविरमा प्रशिक्षण गराउने भएको पतन्जली योग शिविरका केन्द्रीय सदस्य एवं शिविर संयोजक नरेन्द्र लालचनले जनाए । ढिलोमा असोज ५ गते भित्रमा महोत्सव स्थलमा भेडा च्याङग्रा भित्राउने गरी आफुहरुले पहिलो चरणमा ५ हजार वटा च्याङया ल्याउदै गरेको गुरुङले जनाए । यस बर्ष पोखरामा प्रति च्याङग्राको मुल्य भने १४÷१५ हजार पर्ने भएको उनले जनाए ।