मियापाटन खुल्ला धुम्रपान निषेधित क्षेत्र घोषणा


पोखरा, भदौं ३०

राष्ट्रिय बाल दिवसको अवसरमा पोखराको मुस्कान क्लवको पहलमा पोखरा –१३ को मियापाटन क्षेत्रलाई खुल्ला धुम्रपान निषेधित क्षेत्र घोषणा गरीएको छ ।

स्थानिय बिभिन्न संघ सस्थाको पहलमा मियापाटन क्षेत्रमा बिद्मालय बरपर सुतीजन्य पदार्थ बिक्री नगर्ने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने, १८ वर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री बितरण नगर्ने घोषणा गरीएको हो ।

कार्यक्रममा बोल्दै चलचित्र अभिनेता सुवास थापाले उपस्थीत बालबालिकालाई कुलतमा नफस्न अपिल गरेका गर्नुभयो । मुस्कान क्लवको यो पहल प्रशंसनिय भएको बताउदै थापाले पैसा तिरेर मृत्यु खरीद नगर्न अनुरोध गर्नुभयो ।

खुल्ला धुम्रपान निषेधित क्षेत्र घोषणाको अभियान पोखराका सबै बडामा बिस्तार गरीने मुस्कान क्लवका अध्यक्ष जैनव खातुनले बताउनुभयो ।