सामुदायिक सेवा केन्द्र वगरको अध्यक्षमा अधिकारी


पोखरा, ३० भदौ
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वगरको ११ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले विजय अधिकारीको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा विष्णुबहादुर खड्गी, सचिवमा गिरिप्रसाद गुरुङ, सहसचिवमा रामभुषण पराजुली, कोषाध्यक्षमा कृष्ण पौडेल रहनुभएको छ ।सदस्यहरुमा रामप्रसाद अधिकारी, विभुषण तिमिल्सिना, रुद्रप्रसाद सुवेदी च्वाई, दुर्गा थापा, कल्पना आचार्य, मनपति भण्डारी, वसन्त वाँस्तोला र शिवराज अधिकारी रहेका छन् ।

समितिमा दुई जना सदस्यलाई शनिबार नै मनोनयन गरिएको छ । मनोनयन हुनेमा विजय गुरुङ र युवराज आचार्य रहेका छन् । कार्यक्रममा संस्थालाई लामो समय सम्म सहयोग पु¥याउने वुद्धिसुवा गुरुङलाई सम्मान गरिएको थियो भने सो अवसरमा पत्रकार यदुनाथ वञ्जरालाई पनि सम्मान गरिएको थियो ।

साथै कार्यक्रममा संस्थालाई सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको थियो । त्यसै गरि प्रवेशीका परिक्षा २०७० मा उत्र्तिण हुने संस्थामा आवद्ध सदस्यका छोराछोरीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा सचिव गिरिप्रसाद गुरुङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण गुरुङले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक वसन्तकुमार लामाले सामुदायिकको क्रियाकलापले समग्र शान्ति सुरक्षाको सवालमा नेपाल प्रहरीलाई सहयोग पु¥याएको बताए ।

कठिन परिस्थितिको वावजुत पनि सामुदायिक सेव केन्द्रले नेपाल प्रहरीको संगठनलाई सहयोग पु¥याएको छ उनले भने– यस्तो खालको सहयोगको संगठनले सधै अपेक्षा गरेको छ । नागरिकहरुको आखाँ प्रहरी संगठनलाई हेर्ने दुष्टिकोण नै फरक रहेको अवस्थामा सामुदायि सेवा केन्द्रलाई त्यसलाई मेटाउने काम गरेको उनको भनाई थियो ।

कार्यक्रममा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका प्रथम उपाध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायि सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा वगरकी संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघकी सदस्य सीता गुरुङ, गाईघाट विकास क्षेत्र समितिका अध्यक्ष राजेन्द्ररवण पराजुली, नमूना आमा समूहकी अध्यक्ष कल्पना आचार्यले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा वगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष धु्रवप्रसाद पराजुलीले स्वागत र सहसचिव रामभुषण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।