शैक्षिक मुद्धामा क्रान्तिकारीको अन्र्तरक्रिया


पोखरा ३० भदौ

अनेरास्ववियू (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस जिल्ला समितिले आइतबार पृथ्वीनारायण क्याम्पसको शैक्षीक, आर्थिक एवं प्रशासनिक समस्या र चुनौती विषयक अन्र्तरक्रिया सम्पन्न गरेको छ ।

जिल्ला अध्यक्ष क्षितिज सापकोटाले पृथ्वीनारायण क्याम्पसमा देखिएका समग्र समस्याहरुको उठान र समाधान गर्नका लागी विगतदेखि नै अखिल (क्रान्तिकारी) क्रियाशिल रहेको बताउनुभयो । क्याम्पसको विविध शिर्षकमा विद्यार्थीबाट शुल्क उठाउने तर विद्यार्थीलाई सेवासुविधा दिन कन्जुस्याई गर्ने प्रशासनको रवैया प्रति चेतावनी दिदै सापकोटाले अव आइन्दा पनि त्यस्ता गतिविधि कायम रहे कडा आन्दोलन गर्ने बताउनुभयो ।

क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा देवेन्द्रबहादुर लामिछानेले अखिल क्रान्तिकारीले क्याम्पस बनाउनका लागी सधै रचनात्मक कार्य गरेको र त्यसैको एउटा नमुना अन्र्तरक्रिया कार्यक्रम भएको बताउनुभयो ।उहाँले अन्र्तरक्रियामा उठेका विषयबस्तु जायज भएको र क्रमश सुधार र ब्यवस्थित गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नेत्र चापागाईले विषय बस्तुमा जानकारी दिदै क्याम्पसको सुधारका लागी अखिल क्रान्तिकारी अग्रमोर्चामा खटिरहने र विश्व विद्यालय बनाउनका लागी दबाबपूर्ण आन्दोलनको सृजना गर्ने बताउनुभयो । ।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारी, लेखा प्रमुख कविराज तिवारी, प्रसाशन प्रमुख केशविन्द्र रेग्मी, विविए प्रमुख पुष्पराज शर्मा लगायतले पृथ्वीनारायण क्याम्पसका बारेमा बोल्नुभएको थियो ।