पत्राकार महासंघ युरोप शाखाको अधिबेशन आज, कार्यसमितिमा स्पेनका पत्राकारको पनि उचित सम्मान हुनु पर्ने माग


सेप्टेम्बर १४ –

नेपाल पत्रकार महासंघ युरोप शाखाको दोश्रो अधिबेशनको आज बेल्जियममा महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र बिष्टले एक कार्यक्रमकाबीच उद्घाटन गर्दै छन्। महासंघका महासचिब उजिर थापा मगर अधिबेशनमा सहभागि बनेका छन्।

पत्रकार महासंघ युरोप शाखामा अध्यक्षको दाबेदारीमा मुख्यत ३ जनाको दाबेदारी देखिएको स्पेनबाट प्रतिनिधित्व गरेका स्पेनखबरका प्रधान- सम्पादक दीपक क्षेत्रीले बताएका छन्। अध्यक्षका लागि प्रमुख दाबेदारीमा केजिन राइ र ओम शर्मा (बेल्जियम) साथै प्रकाश ढकाल (डेनमार्क) रहेको बुझिएको छ।

स्पेनबाट साधरण सदस्यमा क्षेत्री लगायत बसन्त रानाभाट , प्रकाश तिवारी र राजेन्द्र कडेलको नाम प्रकाशित गरिएको छ।  काम बिशेषले अन्यले सहभागिता जनाउन नपाएका तर उनीहरुले क्षेत्रीले स्पेनको प्रतिनिधित्व गरेकाले स्पेनको पनि कार्य समितिमा उचित सम्मान हुनु पर्ने माग राखेका छन्।