बेलायतका चर्चित १० ब्यक्तित्वको घोषणा आउँदो साता को होला चर्चित ?


कुमार राउत , काठमाण्डौं –

बेलायतबाट सञ्चालित समाचार प्रोटल नेपाल ब्रिटेन डट कमले बेलायतमा चर्चित १० नेपालीको नाम आगामी साता घोषणा गर्ने भएको छ । नेपाल ब्रिटेन डट कम ८ औं बर्ष पुगेको अवसर पारेर सो नाम घोषणा गरिन लागेको अनलाइनका अध्यक्ष चिरञ्जीवी ढकालले बताए । विगत बर्षहरुमा जस्तै यसपटक पनि विभिन्न क्षेत्रका ब्यक्तित्वलाई समेटेर चर्चित ब्यक्तित्वको नाम घोषणा गर्ने तयारीमा छौं ढकालले भने ।
चर्चित १० जनालाई नेपाल ब्रिटेन डट कमले ‘मिडिया प्रसनालिटी अफ दि इअर’ को उपाधिले सम्मान गर्दै आएको छ । ‘यति ठूलो जनसंख्याबाट १० जनाको नाम टिप्न कठिन छ, र, पनि सबैलाई समेट्ने प्रायास हुन्छ’ अध्यक्ष ढकालले भने– ‘चर्चित १० ब्यक्तित्व चयनको मुख्य मापदण्ड परोपकारी कामलाई बनाइएको छ ।’ मिडियामा आएका ब्यक्तिलाई मात्र लिँदा नेपाल र नेपाली समुदायका लागि काम गर्ने माथि अन्याय हुन सक्छ, त्यसैले कमसेकम परोपकारी काम गरेको हुनुपर्ने मापदण्ड बनाइएको हौं, ढकालले भने ।
चर्चित १० जनाको सम्मानका लागि अक्टोबर १२ तारिख आइतबार लण्डनमा भब्य कार्यक्रम गरिने नेपाल ब्रिटेन डट कमका निर्देशक कमल भण्डारीले जनकारी दिए । गत बर्षजस्तै समाजका लागि योगदान पु¥याएका ब्यक्तिको सम्मान हो यो । र, त्यसले अरुलाई पनि समाजप्रति केही गर्नुपर्छ भन्ने प्रेरणा दिओस् भन्ने हाम्रो चाहाना हो– भण्डारीले भने ।
नेपाल ब्रिटेन डट कमले आफ्नो बार्षिक कार्यक्रमका अवसर पारेर हरेक बर्ष बेलायतमा चर्चित नेपालीको घोषणा गर्छ । यसअघि अनलाइनले सार्वजनिक सूचना जारी गर्दै नाम नोमिनेशन गर्न बेलायतवासी नेपालीलाई आग्रह गरेको थियो । ३५ जनाको नाम नोमिनेशन परेको अनलाइनले जनाएको छ । ती मध्यबाट १० जनालाई चयन गर्ने गरिन्छ । चर्चित १० जनाको चयन बेलायतमा कार्यरत नेपाली पत्रकारहरुको सुझाव, पत्रपत्रिकामा प्रकाशित समाचार, नेपाल ब्रिटेन डट कमका पाठकबाट प्राप्त सुझावलाई प्रमुख आधार बनाइएको बताएको छ ।