कुरा के हो रविन्द्र दाई ? तपाई पनि कमिसन कै खेलमा लाग्या हो र ?


पोखरा, २९ भाद्र/

कुरा के हो रविन्द्र दाई ? तपाई पनि कमिसन कै खेलमा लाग्या हो र ? कस्केलीलाई जवाफ दिनुपर्ने बेला आयो …………यस्तै लेखेर समाजीक सन्जाल फेसबुकमा सभासद् रविन्द्र अधिकारीलाई प्रश्न गरेको पाइन्छ ।
एमालेमा दुई जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाए पछि रविन्द्रलाई अधिकारीलाई त्यस्तो प्रश्न गरेका थिए । यसकारण बोलाईयो फिर्ता भन्दै रातो पार्टी डटकमले पोखरा विमान स्थल बनाउदा कमिसनको खेल भएको भन्दै समाचार लेखेको थियो । यस्तो छ समाचार

यसकारण बोलाईयो फिर्ता
मन्त्रीमण्डलबाट फिर्ता बोलाइएका मध्ये आचार्य झलनाथ खनाल निकट हुन् भने कर्णबहादुर थापा केपी ओली निकट । अझँ आचार्य त एमाले वरिष्ठ नेता खनालका बहिनी ज्वाईँ समेत हुन् । यद्यपी पछिल्लो समय आचार्यको गतिविधिका कारण खनाल निकै असन्तुष्ट बनेको एमाले उच्च स्रोत बताउँछ । पछिल्लो समय आचार्यले विभिन्न हर्कतका कारण आफ्नो समेत ‘इमेज डाउन’ गराउन खोजेको भन्दै खनाल उनीसँग रुष्ट बनेका थिए ।

पोखरा अन्तराष्ट्रिय बिमानस्थलको निर्माणका लागि एमाओवादी नेतृत्वको सरकारको बेला पर्यटनमन्त्री बनेका पोष्टबहादुर बोगटीले चिनिया कम्पनीसँग १८ अर्बको ठेक्का सम्झौता गरेकोमा उनले अहिले आएर फेरि नयाँ २२ अर्बको नयाँ सम्झौता गरेका थिए । यद्यपी सम्झौतामा करोडौंको कमिसनको खेल भएको भन्दै भित्रभित्रै अख्तियारले छानबिन थालेपछि आचार्यको कारण आफूसमेत बदनाम हुन लागेको भन्दै आगो बनेको स्रोत बनाउँछ ।

स्रोतका अनुसार सो ठेक्कापट्टामा खनालको कुनै संलग्नता नरहेको बरु अर्का नेता तथा कास्कीबाटै गत संविधानसभा निर्वाचनमा सभासदमा विजयी भएका युवा नेता रबीन्द्र अधिकारीको मिलोमतो रहेको छ । सो ठेक्कापट्टामा झण्डै १० करोडको कमिसनको खेल भएको उच्च स्रोत बताउँछ । उनको चलखेलबारे अहिले अख्तियारले शुक्ष्म अध्ययन गरिरहेको बुझिएको छ ।