संविधान निर्माणको कार्यतालिका परिर्वतन हुदैन् ः उपाध्यक्ष रावल


पोखरा, भदौ २९

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले माघ ८ गते भित्रै संविधान जारी हुने बताउनु भएको छ ।उहाँले निर्धाििरत समयमा संविधान जारी गर्ने पक्षमा सवै राजनीतिक दलहरुले सहमति जनाएकाले कार्यतालिका परिर्वतन नहुने बताउनु भयो ।

नेकपा एमाले कास्कीले शनिबार पोखरामा आयोजना गरेको सन्देश सभालाई सम्वोधन गदै उहाँले संविधान निर्माणको कार्यतालिका परिर्वतन नहुनेगरि संविधान निर्माणको काम अगाडि बढाउनुपर्छ भन्ने मान्यता एमालेको रहेको भन्दै कुनैपनि हालतमा माघ पहिलो साता संविधान जारी हुने बताउनु भयो ।उहाँले विगतमा सहमतिका नाममा संविधान निर्माण हुन नसकेको बताउदै अव सहमतिको अधिकतम प्रयास गरिने र नभए प्रक्रियाबाट संविधान जारी गरिने बताउनु भयो ।

उहाँले नेपाली जनताले शान्ति, विकास र संविधान चाहेकाले त्यसलाई पुरागर्न सवै दलको सहमतिमा संविधान जारी गर्नुपर्ने बताउनु भयो । जनताको चाहनालाई पुरा गर्न नेकपा—माओबादी, मधेशी लगायत सवैलाई समेटेर सहमतिको आधारमा संविधान जारी गर्न सर्वपक्षिय राजनीतिक सम्मेलन आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

उहाँले नेपाली जनताको मतबाट गठन भएको संविधान सभा भन्दा माथि अरु कुनै संस्था हुन नसक्ने समेत बताउनुभयो । कुनै दललाई पाखा लगाउने पक्षमा एमाले नभएको बताउदै सर्वपक्षीय भेला संविधान निर्माणका लागि गरिएको इमान्दारीताको प्रयास भएको दावी गर्नुभयो । उपाध्यक्ष रावलले उहाँले संघियता जातियताका आधारमा बन्न नसक्ने बताउदै भन्नुभयो ‘साझा पहिचान र सवैलाई मान्य हुने सात प्रदेशको पक्षमा नेकपा एमाले रहेको छ । ’

नेकपा एमाले निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले देशलाई सार्वभौम, एकताबद्ध, बनाउन साझा पहिचानका आधारमा राज्यको पूर्नसंरचना गर्नुपर्ने बताउनुभयो । सभामा एमाले केन्द्रीय सदस्य एवं संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारीले देशमा आर्थिक क्रान्तिलाई जोड दिनुपर्ने बताउँदै उद्यमशिलतालाई विकास गर्नुभयो बताउनुभयो ।
नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षमा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, अर्का केन्द्रीय सदस्य तथा सभाषद तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य जगत विक, केन्द्रीय सदस्य तथा सभासद सिता गिरी, पुर्व मन्त्री तथा सफल उद्यमि हरिप्रसाद पाण्डे, एमाले कास्कीका उपाध्यक्ष मनबहादुर गुरुङ, सचिव दामोदर बैरागी लगायतले संविधान निर्माणसँगै आर्थिक मुद्धालाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभएको थियो ।

सन्देश सभामा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतमले पनि सम्बोधन गर्ने कार्यक्रम भएपनि उहाँहरु आउनु भएन् ।