सहारा क्लब वृद्धाश्रमलाई सहयोग


पोखरा, २९ भदौ

सहारा क्लब पोखराको १६ औं वार्षिकोत्सवको सन्र्दभमा पोखरा स्थित वडा नं. १८ मा अवस्थित वात्सायन वृद्धाश्रममा आश्रित वृद्धावेद्धहरुलाई सहयोग गर्ने अभिप्रायले दैनिक उपभोग्यका सामानहरु एवं औषधि उपचारको लागि नगद रु. ५ हजार गरि रु. १२ हजार ५ सय ४ रुपैयाँ) आज एक समारोह विच सहयोग हस्तान्तरण गरेको छ ।

सहारा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्य सहित क्लबका मानार्थ सदस्य महेश गुरुङ्ग एवं क्लबका पदाकिारीहरुको टोली वृद्धाश्रम परिसर वाच्छेबुढुवा पुगि उक्त सहयोग प्रदान गरेको हो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा वात्सयायन वृद्धाश्रम संचालक समितिका अध्यक्ष गोकर्ण कार्की लगाएतका पदाधिकारी र आश्रित वृद्धाश्रमका वयोवृद्धवृद्धाहरुको उपस्थिति थियो ।

सो अवसरमा वृद्धाश्रमका अध्यक्ष गोकर्ण कार्कीले वृद्धाश्रम संरक्षण र सम्वृद्धिमा क्लबको सहयोगले हौसला प्रदान गरेको बताएका थिए साथै क्लबका अध्यक्ष वीरभद्र आचार्यले क्लबको जन्म दिवसको उपलक्षयमा वृद्धवृद्धालाई सहयोग प्रदान गर्न पाउँदा खुशि व्यक्त गरेका थिए ।

क्लबका महासचिव केशबबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए भने क्लबका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक केशबराज वरालले स्वागत मन्तव्य एवं कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

सो अवसरमा क्लबका मानार्थ सदस्य एवं सहारा यू.के.का वरिष्ठ सल्लाहकार महेश गुरुङ्गले वात्सयायन वृद्धाश्रमको आजिवन सदस्य लिनुको साथै नगद ४ हजार सहयोग हस्तान्तरण गर्नु भएको थियो ।