मानव अधिकार संगठनको पश्चिमाञ्चल भेला सम्पन्न


पोखरा, २९ भदौ

नेपाल मानवअधिकार संगठनको शनिबार पश्चिमाञ्चल भेला भएको छ । पश्चिमाञ्चल संयोजक नरेन्द्र बास्तोलाको अध्यक्षतामा भएको भेलामा पश्चिमाञ्चल क्षेत्रका १० जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मानवअधिकार क्षेत्रमा क्रियाशिल संगठनले नेपालमा मानवअधिकार हनन्का घटना बढ्नुमा राजनीतिक दलका नेताहरुको हात रहेको औल्याएका छन् ।

सामाजिक न्यायका घटनाले नागरिकले दुःख पाएकोमा संगठनले आपत्ति प्रकट गर्दै शोषित पीडितका लागि संविधानमा नै स्पस्ट पार्नुपर्नेमा जोड दिएका थिए । समतामूलक समाज निर्माणमा संगठन पहरेदार भएको कार्यक्रममा जोड दिईएको थियो । बैठकमा संगठनका केन्द्रीय उपमहासचिव इन्द्रप्रसाद अर्याल, कोषाध्यक्ष खेमराज सेढाँई, केन्द्रीय सदस्य बैकुण्ठ न्यौपाने, नीलकण्ठ शर्माले ब्यवहारिक न्यायमा जोड दिँदै दीगो विकासका लागि पूर्ण अधिकार सम्पन्न संविधान आवस्यक रहेको बताएका थिए ।

भेलाले संगठन नयाँ रचनात्मक शैलीमा अगाडि बढ्नेसमेत बताईएको थियो ।भेलामा बैकुण्ठ न्यौपानेले सुरक्षा, कानुनी सुरक्षा, सामाजिक न्याय र संगठन सुदृढीकरण सहित कार्यपत्र प्रस्तुत गरेका थिए ।जातजाती, भाषा, धर्मको आधारमा विभेद भएकोमा समतामुलक समाज निर्माणमा मानवअधिकारवादीहरु सचेत हुनु पर्नेमा न्यौपानेको पोखरा घोषणापत्रमा उल्लेख गरेका छन् ।

नेपालमा कर्तब्य र नैतिकता सहितको सेवा जनताले नपाउँदै जाने हो भने शोषण र अन्यायले प्रश्रय पाउनेमा इंगित गर्दै त्यसको विरुद्ध आफ्ना आवाज बुलन्द पार्दै लैजान संगठन तयार रहेको बताईएको थियो ।