नेपाल विद्यार्थी संघको महाधिवेशन फेरि स्थगित


काठमाडौ, भाद्र २८ – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन अनिश्चित समयका लागि स्थगित भएको छ ।महाधिवेशनमा सहभागी बन्न धेरै प्रतिनिधिहरु काठमाडौं आइसकेका थिए ।

 प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र कांग्रेस नेता शेरबहादुर देउवाको छलफल पछि आगामि भदौ २९ गतेका लागि तय भएको महाधिवेशन तत्कालका लागि स्थगित गरिएको देउवा निकटका विद्यार्थी नेता नैरसिंह महरले  जानकारी दिए ।

नेवि संघले एक हप्ता भित्र सबै जिल्ला र क्याम्पस कमिटीका प्रतिनिधिहरुको नामावली पार्टीलाई बुझाउने भएको छ ।

संघका पूर्व केन्द्रीय सदस्य तथा अध्यक्ष प्रत्यासी नयनसिंह महरले देशभरबाट ८५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरु अधिवेशनमा भाग लिन आइसकेपछि बिना कारण महाधिवेशन स्थगित गरिएको भन्दै विरोध जनाए ।यसअघि तीन पटकसम्म मिति घोषणा गरेर संघको महाधिवेशन स्थगित भएको थियो । संघको महाधिवेशन २०६३ सालदेखि हुन सकेको छैन् ।