बालयौन दुब्र्यबहार अपराध हो, होसियार होऔं, उजुरी गरौं


काठमाडौं, भाद्र २८ – राष्ट्रि बाल दिवस २०७१ का अवसरमा बालबालिकाका क्षेत्रमा काम गर्ने संघ–संस्थाहरुले विभिन्न अभियान सुरु गरेका छन् ।

यसै सन्दर्भ पारेर एनजियो फेडरेसन नेपाल, सेभ द चिल्ड्रेन, साहरा ग्रुपले ‘बालयौन दुब्र्यबहार अपराध हो, होसियार होऔं, उजुरी गरौं’ भन्ने अभियानको सुरुआत गरेको छ ।
अभियानको उद्घाटन भने सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले शनिबार शीतल निवासमा आयोजित एक कार्यक्रममा गरेका छन् ।

त्यस्तै कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले अझै पनि बालबालिका खतरामा रहेकाले बालयौन घट्नेभन्दा बढेको बढेको बताएका थिए । नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले समेत बालवालिकाहरु विभिन्न बहानामा यौन दुर्वव्यवहारमा पर्ने गरेको बताउँदै यसलाई निर्मुल पार्न पनि यस्ता खाले सामाजिक अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।