पत्रकार महासंघका अध्यक्ष बिष्ट सेप्टेम्बरको तेस्रो साता लण्डन जाने


लण्डन । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्ट सेप्टेम्बरको तेस्रो साता लण्डन भ्रमणमा आउने भएका छन । नेपाल पत्रकार महासंघ युरोपको आइतवार बेल्जियमा हुने दोस्रो अधिवेशन सकेर उनी बेलायत आउन लागेको नेपाल पत्रकार महासंघ यूके शाखाको स्रोतले बतायो । स्रोतका अनुसार बिष्ट बेलायतमा परिवारिक भेटघाटका लागि आएता पनि लण्डनमा हुने विभिन्न अन्तरक्रिर्या कार्यक्रममा सहभागी हुनेछ । विष्ट सेप्टेम्वर २४ तारिख नेपाल फर्किने कार्यक्रम तय भएको बुझिएको छ ।