बिपी कप भलिबलको उपाधि गल्कोट समाज स्पेनलाई (फोटो फिचर सहित)


बसन्त रानाभाट
बार्सिलोना
गत बर्षको बिजेता गल्कोट समाज स्पेनले यस पालि पनि बिपी कप भलिबल प्रतियोगिताको उपाधी जितेको छ । नेपाली जनसम्पर्क समिती स्पेनले विश्वेश्वर प्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा बार्सिलोना बेसोस मारको समुहलाई हराउदै समाजले उपाधि रक्षा गरेको हो।

फाइनल खेलमा गल्कोट समाजले २५-१९, २५- १७ र २५-२१ को सोझो सेटमा हराउदै नगद ३ सय ५१ युरो ट्रफी ,मेडल र प्रमाण पत्र पाप्त गरेको छ ।
यस्तै उप बिजेता बेसोस मारको समुहले पनि ट्रफी ,मेडल र प्रमाण पत्र सहित नै नगद २ सय ५१ युरो पाप्त गरेको छ । प्रतियोगिताको उत्कृस्ट खेलाडीमा ईश्वर बुढाथोकी र अनुशासित खेलाडीमा मिन बहादुर खत्री घोषित गर्दै ट्रफी सहित सम्मान गरिएको थियो , दुवै खेलाडीले बिजेता टिमबाट नै खेलेका हुन् ।

उपाधी जिते पछि गल्कोट समाजका अध्यक्ष एबम भलिबल टोलीका कप्तान रामु चालिसेले खुशी ब्यक्त गरेका छन्। उपाधि जित्न सफल भएकोमा आफ्ना खेलाडीहरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि खेललाई निरन्तरता दिने नेपालीनेपाली डटकमलाई बताए।

IMG_0094

दुई समुहमा बिभाजन गरी लिगको नियमले भएको खेलमा समुह ‘क’ मा प्रबासी नेपाली मन्च ,नेपाली जन प्रगतिशील मन्च स्पेन (एमाओबादी र माओबादी गरी संयुक्त ), र बार्सिलोना बेसोस मारको समुह रहेका थिए। यस्तै नेपाली जनसम्पर्क समिती ,एनआरएनए स्पेन र गल्कोट समाज समुह ‘ख’ बाट प्रतिस्पर्धा गरे। लिग चरणबाट एनआरएन ,गल्कोट,जन प्रगतिशील र बेसोसको समुहले भने सेमिफाईनल यात्रा तय गरे। प्रतियोगीतामा सहभागी सबै टिमलाई सहभागीताको प्रमाण पत्र प्रदान गरिएको थियो।

प्रमुख अतिथि एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरीले रिबन काटेर कार्यक्रमको उद्घाटन गरे भने समितिका अध्यक्ष चिन्तामणि सापकोटाले भलिबल सर्भिस गर्दै खेलको शुरुवात गरेका थिए।

IMG_0160IMG_0176IMG_0060IMG_0070IMG_0127IMG_0080IMG_0019IMG_0032IMG_0072IMG_0026IMG_0036