विपी कोइरालालाई नेदरल्याण्डस्मा पनि सम्झिए


चन्द्र शमशेर केसी
आमस्ट्राडाम

नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सले महामानव विपी कोइरालालाको शतवार्षिकीको अवसरमा नेपाली समुदाय नेदरल्याण्डस् र यहाँ रहेका नेपाली संघसंस्थाहरुले कोइरालालाई संझिएका हुन् । नेदरल्याण्डसको राजधानी आमस्ट्राडाममा सेप्टेम्बर ९ मा विपी कोइरालाको राजनैतिक, साहित्यिक तथा अन्य पक्षहरुका बारेमा व्यापक चर्चा परिचर्चा गरिएको थियो ।

नेपाली जनसंपर्क समिति नेदरल्याण्डस्का अध्यक्ष दिपक रेग्मीको अध्यक्षतामा औपचारिक रुपमा संपन्न उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ नेदरल्याण्डस्का अध्यक्ष कृष्ण राज अधिकारीको प्रम्ुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विपीको राजनैतिक जिवनीको बारेमा नेपाली जनसंपर्क समितिका पुृर्व अध्यक्ष नारायण आर्चाय, साहित्यीक पक्षमा गजलकार हरि हरि पौडेल, र मेलमिलाप नितिका बरेमा पत्रकार महासंघ युरोपका उपाध्यक्ष पुष्प बरुवालले चर्चा गरेक थिए । कार्यक्रममा हरि पौडेल, कृष्ण बहादुर विष्ट र विकास पौडेलले समेत कविता वाचन गरेका थिए ।
नेदरल्याण्डस्मा नेपाली साहित्य क्षेत्रमा योगादन पुर्याए बापत हरि पौडेल, आरके सुवेदी र कृष्ण विष्टलाई नेपाली जनसंपर्क समितिले सम्मान गरेको थियो । कार्यक्रममा नेपाल म्युजिक फाउ्न्डेसनका सावी रिजाल लगायत विभिन्न नेपाली संघसंस्था तथा नेपाली जनसंपर्क समितिका सदस्यहरु तथा पदाधिकारीको उपस्थिती रहेको थियो ।
नेपालमा हालसालै भएका पाडिपिडितहरुलाई राहत संकलनमा सहयोग पुर्याउने र चन्दा दिने सवै नेपालीहरुमा समेत हार्दिक धन्यबाद तथा आभार व्यक्त गरिएको थियो । नेपाली जनसंपर्क समितिले रु एक लाख रुपयाँ सहयोग गरेको थियो । नेपाली काँग्रेसको कृयाशिल सदस्यता वितरण सुरु गर्ने समेत निर्णय भएकोले सवै काँग्रेसजनहरुले नेपाली जनसंपर्क समितिमा संपर्क गरेर कृयाशिल लिन समेत नेपाली जनसंपर्क समितिले सवैमा हार्दिक अपिल गरेको छ ।
कार्यक्रमको संचालन महामन्त्री उत्तम कंडेल र सहभागीहरुलाई संस्थाको तर्फबाट धन्यबाद तथा स्वागत वरिष्ठ उपाध्यक्ष डम्मर कोइराले गरेका थिए ।