काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको निधन


 चितवन,भदौ २६-

नेपाली काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको बुधबार  बिहान निधन भएको छ । बिहान करिब १ बजे उहाँको निधन भएको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिनुभयो ।

बिहान आफ्नै निवासमा अचेत भएपछि उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज लगिएका उहाँको हृदयघातका कारण निधन भएको चिकित्सकले बताएका छन् । मङ्गलबार साँझ सामान्य औषधि खाएर सुत्नुभएको श्रेष्ठको राति करिब १ बजे हृदयघात भएको पारिवारित स्रोतले बताएको छ । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।
रासस