मिस तमुस्यो नेपालको अडिसन शुरु


पोखरा २६ भदौ
मिस तमुस्योको शान मौलिक संस्कृतिको पहिचान भन्ने मुल नाराका साथ आयोजना हुन लागेको चौथो मिस तमुस्यो नेपाल २०१४ को पहिलो छनोट चरणको अडिसन लम्जुङबाट दुइ जना छनोट भएका छन ।
नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीको आयोजनामा मंसिर १३ गते पोखरामा फइनल हुने उक्त प्रतियोगीताको पहिलो अडिसन लम्जुङ्गबाट खुसी तमुस्यो र आकृति तमुस्यो छनोटमा परेका हुन् ।
नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका संगठन सचिव पुनम तमुस्योको नेतृत्वमा गएको आयोजक टोलिले दुई जनालाई छानेको जिल्ला अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक भुपाल तमुले जनकारी दिनुभयो ।
छनोट भएका दुई प्रतियोगीले अब चौथो मिस तमुस्यो नेपाल २०१४ मा प्रतिष्पर्ध गर्नेछन । तमु भाषा, संस्कार संँस्कृति संरक्षरण गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगीताको बुधबार देखि देशका ९ स्थानमा पहिलो अडिसन हुदै छ । देशभरबाट छनिएको २५ प्रतियोगीलाई एक महिना सम्म विभिन्न प्रशिक्षण दिई मंसिर १३ गते पोखरा सभागृहमा हुने फइनलमा सहभागी गराइने आयोजकले जनाएको छ ।
प्रतियोगीतामा सहभागी हुन पोखराको चिप्लेढुंगा स्थित, हङकङग व्युटि इन्ष्टिच्युट एण्ड कलेज, वे यु फिटनेस एण्ड स्लिनिङग ड्यामसाइड, ग्लामरस व्युटि पार्लर अमरसिंहचोक, नेपाल तमु विद्यार्थी छोँज धीं कास्की कार्यालय सभागृहचोक लागयतका स्थानबाट फारम प्राप्त गर्न सक्ने आयोजकले बताएको छ ।
अन्य जिल्लाका इच्छुक तमु युवातिहरुले सम्बन्धित जिल्ला कार्यसमितिमा सम्पर्क राख्न सकिने बताएको छ । प्रतियोगीताको भदौ २६ गते चितवन नारायणघाट, भदौ २७ गते नवलपरासी कावासति, भदौ २८ गते काठमाडौ, भदौ ३० गते स्याङजा, भदौ ३१ गते बुटवल र असोज २ गते झापा विर्तामोड र असोज ४ गते पोखराको स्काई टच रेष्टुरेन्टमा पहिलो चरणको अडिसन हुने जनाएको छ ।