एमाले संसदीय दलको प्रमुख सचेतकमा अग्नि खरेल नियुक्त


काठमाडौं भदौ २६-

एमाले संसदीय दलको प्रमुख सचेतकमा अग्नि खरेल नियुक्त भएका छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले खरेललाई प्रमुख सचेतमा नियुक्त गरेका हुन् ।
खरेल एमालेका तर्फबाट हालै मात्र मन्त्रिपरिषद्ले मनोनीत गर्ने २६ सभासद्को कोटामा परेका थिए । आज बसेको दलको बैठकमार्फत खरेललाई प्रमुख सचेतकमा नियुक्त गरिएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिएका छन् । उनी एमालेभित्र कानुनसम्बन्धी विज्ञका रूपमा चिनिन्छन् । पार्टी केन्द्रीय सदस्य रहेका उनी गोलमेच सम्मेलन तयारीका लागि गठन भएको कार्यदलमा एमाले तर्फबाट सदस्य पनि छन् ।