आजको राशिफल,२०७१ साल भाद्र २६ गते बिहीबार


राशिफल लेखक/युवा ज्योतिषी – हरि पन्त

आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र २६ गते बिहीबार, तदनुसार सिताम्वर ११ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज आश्विनकृष्णपक्षको तृतीय तिथि ४९ घटि ५० पला अर्थात रातिमा १ बजेर ४३ मिनेटसम्म त्यसउप्रान्त चतुर्थी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा मीन राशिमा ४८ घटि २४ पला अर्थात रातिमा १ बजेर ९ मिनेटसम्म त्यसउप्रान्त मेष राशिमा प्रवेश गर्नेछ । आज दिनमा ३१ घटि २ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४७ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर १२ मिनेटमा हुनेछ ।

10574407_786949601357670_1998935915222540781_n
आजको राशिफल
मेष ः सरकारी सहयोग मिल्ने, नयाँ साथीसँग सम्बन्ध गाँसिने, सामाजिक सक्रियता बढ्नेछ काममा सक्रियता बढनेछ ।
वृष ः मान्यजनबाट सहानुभूति मिल्ने, व्यापारिक कार्य सफल रहनेछ, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ दिन शुभ छ ।
मिथुन ः आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य असफल, टाढाको यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कर्कट ः भूमि सम्बन्धी विवाद, महत्वपूर्ण कार्यक्रम स्थगित हुनेछ, सुनचाँदी कारोबारमा मन्दी आउन सक्नेछ ।
सिंह ः दाजुभाई बीच मनमुटाव हुन सक्नेछ, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको कार्यहरु रोकिनेछन् ।
कन्या ः नयाँ व्यवसाय गर्नतिर मनजान सक्नेछ, पारिवारिक समस्या सुल्झिनेछ, सामाजिक कार्यमा सम्मान मिल्नेछ ।
तुला ः मित्रको सहयोगले ठूलो काम सम्पन्न, वैदेशिक रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुनेछन् ।
वृश्चिक ः शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुनेछ ।
धनु ः आर्थिक लेनदेनमा विवाद हुनेछ, अनावश्यक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ ।
मकर ः रोजगारीबाट आत्मसन्तुष्टि मिल्ने, नयाँ मित्रसंग भेटघाट, मानसम्मानको अवसर प्राप्त हुनेछ, समय शुभ छ ।
कुम्भ ः व्यापार व्यवसायबाट घाटा, स्वास्थ्यमा एक्कासी खराबी, अनावश्यक मानसिक चिन्तन र थकाइ बढ्नेछ ।
मीन ः कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा हुने ।

आजको साइत ः आज उत्तर र पश्चिम दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

आजको शुभ, लाभ र अमृत बेला ः आज २०७१ साल भाद्र २६ गते बिहीबार बिहान ५ः४७ बजेदेखि ७ः१७ बजेसम्म शुभ बेला, बिहानमा ७ः१७ बजेदेखि ८ः४७ सम्म रोग बेला, बिहानमा ८ः४७ बजेदेखि १०ः१७ बजेसम्म उद्वेग बेला, बिहानमा १०ः१७ बजेदेखि ११ः४७ बजेसम्म चर बेला, बिहान ११ः४७ बजेदेखि दिनमा १ः१७ बजेसम्म लाभ बेला, दिनमा १ः१७ बजेदेखि २ः४७ बजेसम्म अमृत दिनमा २ः४७ बजेदेखि ४ः१७ बजेसम्म काल साँझ ४ः१७ बजेदेखि ५ः४७ बजेसम्म शुभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय ः दिनमा १ः३० बजेदेखि ३ः०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
, मोवाइल नं. ९८४६१४७३६९