बेल्जियममा बृहत साहित्य गोष्ठी कार्यक्रम सम्पन्न


-बिष्णु सापकोटा
बेल्जियम -जननायक विशेश्वर प्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा गत सोमबारका दिन बिपी स्मृति प्रतिष्ठान बेल्जियमको आयोजनामा आन्त्रोपेन शहरमा बृहत साहित्य गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

जन्म सताब्दीको समापन समारोह रुपमा मनाईएको उक्त गोष्ठीमा नेपाली कांग्रेसका सभापति सम्माननीय प्रधान मन्त्री शुशील कोइरालाले पठाउनु भएको शुभकामना संदेश प्रतिष्ठानका सदस्य ईन्द्र् क्षेत्री ले बाचन गरेका थिए । बिस्तृत रुपमा लेखिएको संदेशमा प्रधानमन्त्री कोइरालाले स्व.जननायक बिशेश्वोर प्रसाद कोइरालाको बिचार नेपालमा प्रजातन्त्रको स्थापनार्थ भएको २००७ सालको क्रान्तिमा उहाले प्रदान गर्नु भएको नेतृत्व, त्यसपछि पनि प्रजातन्त्रको सस्थागत बिकासका लागी पुर्याइएको योगदान र नेपालको आधुनिक साहित्यको श्री बृद्धिमा पुर्याउनु भएको बिशिष्ट योगदानकका बारेमा समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा प्रमुख आतिथिको आसन बाट बोल्दै बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष हरिबोल भट्टराईले प्रजातान्त्रीक समाजबाद विश्वको भविष्यको लहर हो भन्ने बीपीको भनाईलाई उधृत गर्दै बहुआयामिक व्यक्तित्वका धनि बिपी कोइरालाका राष्ट्रीयता प्रजातन्त्र र समाजबाद सम्वन्धि बिचारहरु केवल सैदान्तिक रुपमा उत्कृष्ट मात्र नभई आधुनिक मानव समाज निर्माणको लागी उत्तिकै व्यवहारिक र कालाजेयी रहेको कुरा अवगत गराए ।

2_converted (1)
बिशिष्ठ अतिथि नेपाली दुतावास ब्रसेल्सका द्वितीय सचिव लक्ष्मण खनालले बिपी नेपाली साहित्य र राजनीतिका समेत सदा स्मरणीय उज्ज्वल नक्षत्र रहेको बताएका थिए । बिपीका साहित्यका बारेमा चर्चा गर्दै एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले बीपी कुनै दल बिशेषको नेता मात्र नभई बिशिष्ठ राजनेता नै हुनुहुन्थ्यो भनेका थिए भने अनेसासका उपाध्यक्ष राजकुमार पुडासैनीले बीपीका साहित्यिक कृतिहरुको बारेमा बिश्लेषण गरेका थिए ।
कार्यक्रमको उतरार्धमा साहित्यकारहरु क्रमश हरी पौडेल, बिमल गिरी, दिपेन्द्र के सी, ईन्द्र क्षेत्री, युवराज गुरुङ, सीता सापकोटा, डिल्लीराम अम्माई, किसन के सी, सुर्य ढकाल, बालकृष्ण कडेल, राजकुमार पुडासैनी, बिष्णु सापकोटा, इश्वरा शर्मा ले बिपी र बर्तमान राजनीतिका बारेमा कबिता बाचन गरेका थिए भने शिवकुमार बढुवाल, कृष्ण रेग्मी, विश्व साईकल यात्री बृहेस दाहाल, यसोदा थापा, शैलेश कुमार मल्ल, सन्तोष न्यौपाने र दिपक ज्योति पौडेल को ईमेल मार्फत प्राप्त भएका कबिता हरु पनि कार्यक्रममा बाचन गरिएका थिए ।
बिपी स्मृति प्रतिष्ठान बेल्जियमका संयोजक ध्रुबराजले सभापतिको आसनबाट बोल्दै बिपी स्मृति प्रतिष्ठान बेल्जियमले आफ्नो स्थापना काल देखिने बिपीका बारेमा बिबिध कार्यक्रम गर्दै आएको, अहिले बीपीको सत् बार्षिकी कार्यक्रम अन्तर्गत साहित्यीक कार्यक्रम गरि मनाएको र भविष्यमा पनि यस्तै बिपीको जीवनी उहाले पुर्याउनु भएको योगदानका बारेमा सबै संघ सस्था हरुसंग सहकार्य गरि अगाडी बढ्ने बताउनु भयो । उपस्थित सम्पूर्ण महानुभाव हरुलाई आयोजकका तर्फ बाट प्रतिष्ठान की सदस्य सचिव सीता सापकोटाले स्वागत मन्तब्य व्यक्त गरेकी थिईन भने प्रतिष्ठान का सदस्य ओम शर्माले सभागीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।

1_-_Copy_converted
अनेसास बेल्जियमका अध्यक्ष तथा कार्यक्रम आयोजक समितिका सदस्य सचिव दिपेन्द्र के सी द्वारा संचालित उक्त साहित्यीक गोष्ठीमा एनआरएन आई सी सी सदस्य शिवकुमार बडुवाल, आई सी सी सल्लहाकार यूवराज गुरुङ, एनआरएन नेदरल्याण्डका पूर्व अध्यक्ष हरी पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, नेपाली जनप्रगतिशील मंच का चित्र सुवेदी, जनप्रगतिशील मोर्चाका अध्यक्ष प्रेम पाठक, नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कडेल, ईन्द्रधनुष क्लवका अध्यक्ष सुर्य ढकाल, क्षेत्री समाजका अध्यक्ष मोहन खत्री, नेपाल ब्रसेल्स मिलन केन्द्रका अध्यक्ष ईश्वरा शर्मा, नवलपरासी सहायता समाजका उपाध्यक्ष राम पुन, यूरो नेपाल खेलाडी संघ का अध्यक्ष किसन के सी, व्यवसायी संघ का अध्यक्ष हरी थपलिया, पत्रकार डिल्ली अम्माई, सिएन टिबी का मदन गुरुङ, एनभिया पार्टीका जिल्ला सदस्य कृष्ण रेग्मी, पर्वत समाजका अध्यक्ष केदार जोशी, एन आर एन आन्त्रोपेन क्षेत्रीय अध्यक्ष रंजन सिम्खडाको समेत सभागिता रहेको थियो ।