फुटबलमा विरौटा–आँखा हस्पिटल–घारीपाटन ट्याक्सी समिति विजेता


पोखरा, २५ भदौ

भद्रकाली ट्याक्सी इकाई समितिले पोखरामा गरेको अन्तर ट्याक्सी इकाईस्तरीय दोस्रो सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधी विरौटा – आँखा हस्पिटल – घारीपाटन ट्याक्सी इकाई समितिले जितेको छ।

उसले उपाधी सहित नगद ५६ हजार छ सय ६६ शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ।
मङ्गलबार भएको फाइनल खेलमा टुडिखेल – हेमजा – फेदी इकाई समितिलाई एकका विरुद्व दुई गोलगर्दै उसले उपाधी जितेको हो। प्रतियोगिताको उपविजेता टुडिखेल – हेमजा – फेदी इकाई समितिले नगद ३४ हजार चार सय ४४ शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ।

मङ््गलबारको फाइनल खेलमा विरौटा – आँखा हस्पिटल – घारीपाटन समितिका लागि भिमबहादुर थापा र तारा गिरीले एक÷एक गोल र टुडिखेल – हेमजा – फेदी ट्याक्सी इकाई समितिका लागि राजाराम सापकोटाले एक गोलको योगदान दिएका थिए।

प्रतियोगितामा बेष्ट गोलकिपर भिमबहादुर खत्री, बेष्ट डिफेण्डर शंकर तिमिल्सिना, बेष्ट मिड फिल्डर दिलबहादुर गुरुङ, बेष्ट फरवार्डर र हाई स्कोरर्र भिम थापा मगरलाई पुरस्कृत गरिएको थियो। ट्याक्सी व्यवसाय समिति पोखराको प्रायोजनमा भदौ २१ गतेदेखि पोखरा – १३ संगमटोलस्थित माछापोखरी खेल मैदानमा शुरु भएको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामा , ट्याक्सी व्यवसाय समिति पोखराका अध्यक्ष गान्धिराज गिरी र वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक केशब बस्नेतले विजेता समुह र उत्कृट खेलाडीहरुलाई पुरस्कृत गरेका थिए। कार्यक्रममा उत्कृष्ट चालकका रुपमा दिपक नेपालीलाई पनि पुरस्कृत गरिएको थियो। ट्याक्सी चालकवीच आत्मियता, सद्भाव एवं खेलकुदको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो।भद्रकाली ट्याक्सी इकाई समितिका अध्यक्ष श्रीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव पुर्णबहादुर जि.सिले गरेका थिए।