कास्कीमा लागु औषध विरुद्धको विशेष अभियान


माधव बराल
पोखरा, २४ भदौं

लागु औषधको प्रयोगलाई रोकथाम गर्न कास्कीमा १५ दिने विशेष अभियान संचालन गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अगुवाई र विभिन्न संघ संस्थाको सहभागितामा भदौं २५ गतेदेखि असोज ६ गते सम्म विशेष अभियान संचालन गर्न लागिएको हो । कास्कीका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले आज आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार विशेष अभियान अन्र्तगत सचेतना ¥यालि, नाकाहरुमा चेकिङ, बृत्तचित्र प्रर्दशनी, पर्चा वितरण, परामर्श कार्यक्रमहरुलाई समेटिएको छ ।

कार्यक्रम अनुसार अभियानको पहिलो दिन पोखराको चिप्लेढुङ्गाबाट सभागृहसम्म बृहत सचेतना ¥यालि प्रर्दशन गरिनेछ । २६ गतेदेखि अभियान अवधीभरमा कुकुर सहितको सुरक्षाकर्मीको टोलिले तनहुँ, पर्वत, स्याङजाबाट भित्रने नाका तथा सम्वेदशनील क्षेत्रहरुमा कडाइको साथ चेकिङ गर्ने लामाले बताउनुभयो ।

अभियानमा प्याब्सन, एनप्याबससँग मिलेर विभिन्न विद्यालमा चेतनामुलक कार्यक्रम संचालन गरिनुका साथै पोखरा विभिन्न चार ठाउँमा बृत्तचित्र पनि पर्दशनी गरिनेछ । जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका तथा जिल्ला कारागारमा रहेको लागु औषध प्रयोगकर्तालाई परामर्श दिइनेछ ।लागु औषध सम्वन्धि जानकारी भएका पर्चाहरुलाई घर÷घरमा वितरण गरिने लामाले बताउनुभयो ।लामाका अनुसार स्थानीय एफएम र टेलिभिजनमा लागु औषध सम्वन्धि सचेतना मुलक कार्यक्रम पनि संचालन गरिनेछ ।

“जिल्ला प्रहरी कार्यालय कास्कीमा रहेका मुद्धा मध्ये ८० प्रतिशत लागु औषध सम्वन्धि छन्,”उहाँले भन्नुभयो,“ समाजमा कहाली लाग्दो रुपमा देखिएको लागु औषध प्रयोगको रोकथाममा सहयोग पु¥याउन अभियान गर्न लागेको हौं ।”अभियानमा जिल्ला प्रहरी कार्यालयसँगै, स्थानीय समाजिक संघ संस्था, लागु औषध नियन्त्रण तथा समाज सुधार आमा समुह, समुदायिक सेवा केन्द्रह, कम्यूनिटी सर्पोट गु्रप, पत्रकार महासंघ पनि सहभागिता रहेको छ ।