अन्तरमावि छात्रा सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि टप्स उमाविलाई


पोखरा, २४ भदौ
नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा भद्रकालीस्थित माछापोखरी खेलमैदानमा सञ्चालित प्रथम अन्तरमावि छात्रा सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि टप्स उमाविले हात पारेको छ।

सोमबार भएको लिगचरणको अन्तिम खेलमा कान्तिपुर इङ्लिस बोर्डिङ स्कुललाई ४–० ले पराजित गर्दै १२ अड्ढसहित टप्स उमाविले सो उपाधि हात पारेको हो।लिगका आधारमा सञ्चालित प्रतियोगिताका सबै खेलमा टप्सले जीत हात पारेको थियो।

दोस्रो स्थान हात पारेको कान्तिपुर इङ्लिस बोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाई २–० ले पराजित ग¥यो। कान्तिपुरले सात अड्ढ जोडेको थियो।

चार अड्ढ जोड्दै तेस्रो स्थान सुरक्षित गरेको आदर्श बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकेडेमीबीचको खेल गोलरहित बराबरीमा टुड्डियो। तीन अड्ढ जोडेको चिल्ड्रेन्स एकेडेमी चौथो भयो। चार खेलमा मात्र एक अड्ढ जोडेको ज्ञानज्योति विद्याकुञ्ज अन्तिम स्थानमा रह्यो।

विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि नेपाल विद्यालय फुटबल सङ्घका केन्द्रीय उपाध्यक्ष रत्नमान गुरुङ, सङ्घ कास्कीका सल्लाहकार एवं प्रगति बोर्डिङ स्कुलका प्रिन्सिपल दिनेशकुमार श्रेष्ठ, सङ्घ कास्कीका अध्यक्ष जगत थापाले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

नेपाल विद्यालय फुटबल सङ्घ कास्कीका अध्यक्ष जगत थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष मथुरा पौडेलले गरेको प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।