गुम्बा संरक्षणका लागि एकै दिनमा २ लाख संकलन


पोखरा, २४ भदौ

गत भदौ ७ गते खसेको पहिरोको कारणमा जोखिममा परेको कास्कीको अनदु डाँडामा रहेको शान्ति स्तुपा संरक्षणका लागि सोमबार मात्रै २ लाख भन्दा बढि रकम संकलन भएको छ ।

पोखरा पर्यटन परिषद्ले उक्त गुम्बा संरक्षणका लागि परिषद्का सल्लाहकार समेत रहेका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराइलाई संयोजक चयन गरेर रकम संकलन अभिायन सुरु गरेको छ ।
पर्यटन व्यवसायीहरुको एक भेलामा उक्त रकम संकलन भएको हो । काठमाण्डौका व्यवसायि बाबुकाजी श्रेष्ठले ५५ हजार ५ सय ५५, स्पिड वे कार्गोका राजु श्रेष्ठले ५१ हजार १ सय २५, गणेशबहादुर भट्टराईले ५१ हजार १ सय २५ र दोर्जे लामाले पनि ५१ हजार १ सय २५ रुपैयाँ सहयोग गरेका छन् । सहयोग रकम बुझ्दै भट्टराईले पोखराको गहना उक्त गुम्बा संरक्षणका लागि सरकारी निकाय, नागरिक समाज, स्थानिय तथा गुम्बा व्यवस्थापन समितिले छिट्टै काम थाल्नुपर्नेमा जोड दिए ।

‘आज भोलि भन्दाभन्दै गुम्बा खस्यो भने के गर्ने ?’ भट्टराईले भन्नुभयो ‘यो काम जति सक्दो छिटो सम्पन्न गरिनुपर्दछ ।’ गुम्बाको उत्तरतर्फ एक मिटर नजिकैको भिरमा गएको पैह्रोले गुम्बाको भविष्य संकटमा पर्दा पोखरेलीहरु यसको संरक्षण कसरी गर्ने भन्नेमा चिन्तित देखिएका छन् ।
फोटो हाल्ने ।