चौथो मिस तमुस्यो नेपाल २०१४ छनोट चरणको अडिसन लम्जुङबाट


भुपाल गुरुङ
पोखरा २५ भदौ

नेपाल तमु विद्यार्थी छोँज धींले मंसिर १३ गते आयोजना गर्न लागेको चौथो मिस तमुस्यो नेपाल २०१४ को छनोट चरणको अडिसन लम्जुङ्गको वेशिशहरबाट हुदै छ ।

बुधबार देखि शुरु हुने पहिलो चरणको अडिसनका लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । पहिलो चरणको अडिसनका लागि तमु विद्यार्थी छोँज धी कास्कीका संगठन सचिव पुनम गुरुङको टोलि मंगलबार नै लम्जुङ्ग बेशिशहर प्रस्थान गरेको जिल्ला सचिव भोज गुरुङले जानकारी दिनुभयो ।

बेशिशहरमा हुने अडिसनमा लम्जुङ्ग तथा आसपासका प्रतिष्पर्धीहरुले अडिसन दिने आयोजकले जनाएको छ । अडिसनबाट छनोट प्रतियोगीले मंसिर १३ गते पोखरा सभागृहमा हुने फइनल भिड्न पाउने छ । पहिलो चरणको अडिसन सम्बन्धित जिल्लाबाट दिन छुटेका इच्छुक युवातिले असोज ४ गते पोखरामा हुने अन्तिम छनोट अडिसनमा सहभागी हुन पाउने मिस तमुस्यो नेपाल २०१४ मुल आयोजक समिति संयोजक भुपाल गुरुङ्गले जानकारी दिनुभयो ।

प्रतियोगीतामा तमु समुदायका १६ देखि २४ वर्ष उमेर समुहका युवातिले भाग लिना पाउनेछन । भदौ पहिलो साता देखि खुल्ला रहेको सहभागीता फाराम असोज पहिलो साता सम्म लिन सक्ने आयोजकले जनाएको छ ।