युरोप संयोजक श्रेष्ठको उपस्थितिमा एनआरएन स्पेन र संघ सस्थाहरु बीच छलफल सम्पन्न, अनुशासन समितिको प्रतिबेदन पारित


दीपक क्षेत्री
बार्सिलोना-
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको नियमित बैठक संगै गत जुन ६ – ८ मा सम्पन्न संघको ७ अौ युरोपियन क्षेत्रिय बैठक तथा ५ अौ महिला सम्मेलनका सन्दर्भमा क्षेत्रिय सम्योजक अर्जुन श्रेष्ठको मुख्य उपस्थितिमा छलफल तथा समिक्षा भएको छ । स्थानिय नेपाली संघ संस्थाहरुले शुरु देखी नै यो क्षेत्रिय सम्मेलन भएकोले पनि क्षेत्रिय संयोजकको नै उपस्थितिमा केही अस्पस्ट बिषय बस्तु, एनआरएनए र संस्था बिच सम्मेलन पूर्व भएका केही सहमति, सम्मेलन तथा बैठकका क्रममा रहेका केही असमझदारी संघ तथा संघका जिम्मेवार सदस्यहरु प्रति लागेको आरोप तथा आशंका लगाएतका कुराहरुको छलफल सम्मेलन कै उत्तरार्धमा हुन नसके पछी यथा सक्य छिटो हुनु पर्ने माग राख्दै आएका थिए ।

ERM को समिक्षा बैठक हुनु पुर्व एनआरएनए स्पेनका अध्यक्ष एक राज गिरी को अध्यक्षता र महासचिव सन्दीप मोहन भट्टराई को संचालनमा शुरु भएको आजको संघको नियमित बैठकले प्रवासी नेपालि मंच ले प्रकाशित गर्ने स्मारिकामा शुभकामना बिज्ञापन दिने , जनसम्पर्क समितिले आयोजना गर्ने बि पी कप भलिवल प्रतियोगितामा सहभागिता जनाउने , दशैं बिशेस कार्यक्रम आयोजना गर्ने , तिहारमा फुटबल प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा निर्णय गरेको थियो ।
अन्तराष्ट्रिय समन्वय समिति सल्लाहकार पुष्प राज तिमिल्सिना तथा सदस्य दीपक खरेल , संघका कार्यसमिति सदस्य , सल्लाहकार , संघ संस्थाका अध्यक्ष एव प्रतिनिधि पत्रकार समेतको उपस्थिति रहेको सो बैठकमा संघको अनुशासन समिति संयोजक अर्जुन आचार्यले एनआरएन स्पेन र जिम्मेबार सदस्यहरु प्रति गरिएको शंका तथा पारदर्शिता का सम्बन्धमा छानविन समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

IMG_0074
उता अनुशासन समितीमा बसन्त नाथ रेग्मी, दिनेश गुरुङ, शितल भुर्तेल ,कृष्ण हरी कंडेललाई सद्स्यमा थप गरिसके पछी सहोदर भाई बुहारी सोही सम्मेलन समयमा स्पेन आएपछी शंकाको घेरामा पर्नु भएका संघका उपाध्यक्ष निरज पोख्रेललाई छानविन गरी शंका पूर्ण निवारण नहुँदा सम्मका लागि निलम्बन गर्ने निर्णय गरीएको थियो। यसरि समिती अगाडि बढीसकेको परिस्थितीमा एनआरएन तथा अन्तर संगठन समनवय समिती बिच प्रकृया गत त्रुटीलाई स्विकार गर्दै हिजो मात्रै असमझदारी को अन्त्य गर्दै सहकर्यका साथ अगाडि बढ्ने सहमति भैसकेको छ । छानविन समितिले पेश गरेको यस प्रतिवेदन लाइ नै प्रथम प्रतिवेदन मान्दै थप प्रकृयाहरु अगाडी बढाउने सम्बन्धमा सहभागीहरुले आफ्ना मन्तब्य राखेका थिए ।
छानवीन समितिले माग गरे अनुरुपका सम्पूर्ण कागजात उपलब्ध गराउन पोख्रेलको अनुरोध अनुरुप सो निर्णय भएको मिति २/०९/२०१४ का दिन देखि एक महिनाको समय दिइएको छ ।

हरेक जिम्मेबार व्यक्तिहरुले छानविन समितिलाई सघाउन र समितिले पनि पूर्ण विवरण यथासक्य चाडो ल्याउन भन्दै संघका ICC सल्लाहकार पुष्प तिमिल्सेनाले भन्नु भयो ” व्यक्ति सबैलाइ आरोप आइसके पछी प्रमाणित गर भनेर मात्र पुग्दैन इमान्दारीका साथ आफ्नो सफाई पनि दिनु पर्छ “।

10695182_829353630432132_681446013_n-2
क्षेत्रीय संयोजक अर्जुन श्रेष्ठले सबैको सहभागिता र सहकार्यताले ERM तथा ERWC धेरै राम्रो सन्देशका साथ सम्पन्न भएको चर्चा गर्दै कुनै पनि बिषयमा आशंका र असमझदारी भएता पनि छानविन , छलफल तथा सो को बस्तुगत अध्यायनको निस्कर्षका आधारमा आलोचाना , आत्मालोचना अथवा कारवाही हुनु पर्ने बताउनु भयो । साथै श्रेष्ठले भन्नु भयो ” यदी सो सम्बन्धमा नियतवस कुनै गलत काम गरेको प्रमाण भए एन आर एन को अभियान र तपाईहरुका सामु अनुहार देखाउने छैन ” ।
आमन्त्रित अतिथिहरुका सम्बन्धमा समेत श्रेष्ठले समितिले पठाएका सबै व्यक्तित्वको बारेमा जानाकारी गराउनु भएको थियो साथै यो लिस्टमा नाम उल्लेख गरिएकालाई मात्र निमन्त्रणा पठाईएको र सहभागी हुनु भएका सम्पूर्ण अतिथिहरु कुनै पनि शंका गर्नु पर्ने नरहेको बताउनु भयो ।
अर्को तर्फ आर्थिक अपारदर्शी वा अनियमितताका केहि प्रसंग उठेकाले छानविन गरि  प्रतिबेदन पेश गर्न संघका सल्लाहकार गोपाल रेग्मीको संयोजकत्वमा सहभागीको राय अनुरुप एनआरएन स्पेनका सबै ६ जना सल्लाहकार , कार्यसमितिका महासचिव , कोषाध्यक्ष , प्रवक्ता , निरज पोख्रेल सम्मिलित समिति गठन गरिएको छ । जसले यहि सेप्टेम्बर १५ तारिख सम्ममा आफ्नो प्रतिवेदन पेश गर्ने अपेक्षा गर्दै यो समिति गठन गरिएको हो ।

10705213_829353357098826_2003930365_n 10682041_829353550432140_189729617_n10685022_829353417098820_748585118_n