अन्तरास्ट्रिय नेपाली कलाकार समाज स्पेनले तिहारमा सास्कृतिक कार्यक्रम गर्दै


बसन्त रानाभाट
बार्सिलोना
अन्तरास्ट्रिय नेपाली कलाकार समाज स्पेनले नेपालीहरुको महान चाड शुभ-दिपावलीको अबसर पारेर स्पेनको बार्सिलोनामा बिबिध सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
समाजले चाड पर्बको बेलामा विदेशमा भएका नेपाली समुदायलाई मनोरन्जन प्रदान गर्नको लागि कायक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ।

अक्टोबर २६ तारिक आईतबार बार्सिलोनाको काईया सिसिलियाको हलमा कार्यक्रम गर्ने निर्णय गरेको नेपाली नेपाली डटकमलाई जानकारी प्राप्त भएको छ।  समाजका महासचिब तुलसी शिवाकोटीले कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिन नेपाली समुदायलाई अनुरोध गरेका छन्। उनले भने “हामीले तिहारको अबसरमा कार्यक्रम गर्न लागेका छौ अत्यन्त नौलो र फरक प्रस्तुति दिने कोशिस गर्ने छौ यसमा सबै नेपाली समुदाय र संघ सस्थाको सहयोग र साथ चाहिन्छ।”

कार्यक्रममा अन्तरास्ट्रिय नेपाली कलाकार समाजका युरोप स्थित विभिन्न शाखाहरु नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी र इटाली बाट समेत कलाकारहरु विभिन्न प्रस्तुति लिएर आउने शिवाकोटीले नेपालीनेपाली डटकमलाई जानकारी दिएका छन् ।

बार्सिलोनामा बडा दशैको उपलक्ष्यमा एनआरएनए स्पेनले कार्यक्रम गर्ने निर्णय गरि सकेको छ भने तिहारको बेलामा पनि फुटबल प्रतियोगीको आयोजना गर्दै छ। साथै नेपाली समुदाय बाक्लिदै गएको समयमा बिभिन्न संघ सस्थाहरुले पनि औपचारिक लगायत सांगीतिक कार्यक्रमहरु आयोजना गर्ने क्रम दिनप्रति दिन बढी रहेको छ।