उद्यमी कृषि सहकारी संस्था लि. को दोश्रो साधारण सभा सम्पन्न


पोखरा, २४ भदौ
उद्यमी कृषि सहकारी संस्था लि. पोखरा–४ को दोश्रो साधारण सभा आइतबार सम्पन्न भयो । उक्त साधारण सभाको उद्घाटन गर्दै सहकारी डिभिजन कार्यालय कास्कीका प्रमुख प्राचार्य नारायण प्रसाद अर्यालले कृषि तथा पशुपालनको क्षेत्रमा राज्यले विभिन्न सुविधा र सहयोग दिदै आएको वताउनु भयो ।

सहकारी संस्थाहरु वचत तथा ऋणमा मात्र केन्द्रित नभै रोजगारमुलक क्षेत्रमा लाग्नु पर्ने र युवाहरुलाई विदेशजानका लागि ऋण लगानी गर्ने मात्रै होइन देश भित्र रोजगारमूलक क्षेत्रमा लगानीगरी युवाहरुलाई पलायनलाई रोक्नु पर्ने उहाँको जिकीर थियो ।

संस्थाका अध्यक्ष पार्वती कुमारी शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकद्वारा प्रस्तुत प्रतिवेदन माथि छलफल भै पारित गरिएको थियो । त्यस्तै गरी उत्कृष्ठ कृषक सरस्वती अधिकारी, उत्कृष्ठ ऋणी पूर्ण वहादुर थापा र सवैभन्दा बढी शेयर रकम जम्मा गर्ने शेयर सदस्य भनी पिताम्बर लामिछानेलाई सम्मान गरिएको थियो ।