ढिलै भए पनि बार्सिलोनामा तिज मनाईयो,चर्चा भने सम्पन्न इआरएम बैठककै


बसन्त रानाभाट
बार्सिलोना

प्रबासी नेपाली मन्च स्पेनले बार्सिलोनामा ढिलै गरि भए पनि तिज बिशेष कार्यक्रम सम्पन्न गरेको छ । बिबिध कारणले समयमा कार्यक्रम गर्न नसकेको भन्दै मन्चले आईतबार बार्सिलोनामा कार्यक्रम गरेको हो ।
औपचारिक कार्यक्रम सुरु भए लगत्तै बक्ताहरुले बार्सिलोनामा सम्पन्न युरोपेली क्षेत्रीय बैठकसँग जोडिएका बिषयहरु सँगै सत्य तथ्य बाहिर ल्याउन एनआरएनएन स्पेन सँग जोडदार माग गरेका छन् । एनआरएनए स्पेनले पनि गल्ती गर्नेलाई बाकी नराख्ने र सत्य तथ्य कुरालाई नेपाली समाजमा सार्बजनिक गर्ने प्रतिबद्दता जाहेर गरेको छ ।

तिज बिशेष कार्यक्रमको उद्घाटन गर्दै गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदका सल्लाहकार पुष्प राज तिमिल्सिनाले समाजमा गल्ती गर्ने कसैलाई नछोड्ने बताएका छन्। उनले भने युरोपेली क्षेत्रीय बैठक भब्य रुपमा सम्पन्न भयो त्यसमा हामी सबै खुशी छौ तर अहिले चन्द्रमा जस्तै सानो कालो दाग देखिएको छ तर म ग्यारेन्टी दिन चाहन्छु त्यो दाग मेटिन्छ । गल्ती गरेको भए युरोपेली संयोजकलाई भए पनि न्यायको कठधारामा उभ्याउन बाध्य गराउने भन्दै उनले भने कसैले गल्ती गरेको छ भने सजाय भोग्न बाध्य गराउछौ त्यो मेरो प्रतिबद्दता हो ।
गैरआवसिय नेपाली सघंको युरोपियन बैठकमा आमन्त्रित पाहुनाहरुका सम्बन्धमा अपारदर्शिता भएको,आर्थिक पारदर्शिता नभएको लगायतका अन्य बिषयमा संघ-सस्थाहरुले सत्यतथ्य बाहिर ल्याउन माग गरिरहेको परिपेक्षमा सार्बजनिक समारोहमा टिका टिप्पणी भएका हुन्। यद्दपी स्पेनमा रहेका संघ सस्थाहरु र गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेन बीच भईरहेका असमझदारीहरुलाई अन्त्य गर्ने सहमति यस अघि भईसकेको छ ।

कार्यक्रममा बोल्दै अन्तरास्ट्रिय समन्वय परिषदका सदस्य दिपक खरेलले पत्राकारहरुले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको आरोप लगाएका छन्। सार्बजनिक समारोहमा नै रिपोटिंग गर्न गएका पत्राकारहरुको अगाडि उनले यस्तो बताएका हुन्। कसले वा कुन मिडियाले चरित्र हत्या गर्न खोजेको हो त्यसलाई नप्रस्टाइ पत्रकारहरुलाई सचेत हुन ध्यानआकर्षण समेत गराएका थिए। आर्थिक संकलनको जिम्मेबारी आफुले लिएको आफु सँग एक एक हिसाब रहेको अनाबस्यक कुरा बाहिर नल्याउन म पत्राकारलाइ अनुरोध गर्दछु उनले भने। तर कार्यक्रम सकिए पछि नेपालीनेपाली डटकमलाई पठाएको जानकारीमा खरेलले भनेका छन् , ” आजको भाषण अरु कसैलाई हो तपाईहरुले गलत छुपाउनु भएको छैन यसलाई अन्यथा नलिनु होला।
यसै बीच आईसीसीको सार्बजनिक धाराणा पछि स्पेनमा क्रियाशील पत्राकारहरुको समुह स्पेन मिडीया समुहले दुख ब्यक्त गरेको छ। कसैलाई ईकित गर्दै भनिएको भए पनि या त पत्राकार नाम वा मिडीयाको नाम तोक्दा राम्रो हुने थियो हैन भने पत्राकारहरुले चरित्र हत्या गरे भनी सार्बजनिक रुपमा भन्दा सबै स्पेनका क्रियाशील पत्राकारहरुलाई समेटिएको ठहर गर्दै कसरी चरित्र हत्या भयो प्रमाण जुटाउन चुनौती दिएको छ ।

IMG_0051

गैरआबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदका अध्क्षय एक राज गिरीले समय र सस्थागत संरचनाले गर्दा केहि समयमा नै हुनु पर्ने कुरा समयमा हुन नसकेको आफुलाई पनि लागेको बताएका छन्। उनले भने नेपाली समाजमा कसैले गल्ति गरे त्यसलाई सजाय दिन पछि पर्दैनौ हामी छिट्टै सत्य तथ्य सार्बजनिक गर्छौ। यदी आफुले १ सेन्ट पनि हिनामिना गरे नेपाली समुदायको घर दैलोमा गएर कालोमोसो र जुत्ताको माला लगाउन तयार रहेको बताए । गिरीले त्यसो भनी रहदा कार्यक्रम संचालन गरिरहेका मन्चका महासचिब दिनेश गुरुङले कसैलाई जुत्ताको माला लगाउन नपरोस् सधै फुलको माला लगाउने गरिएको छ फुलकै माला लगाउन परोस् भनी टिप्पणी गरेका थिए ।
नेपाली जनसम्पर्क समिति स्पेनमा अध्यक्ष चिन्तामणि सापकोटाले अन्तर संगठन समन्वय समितिको सुरुवातले एक अर्काको कमी कमजोरी सुधार्ने मौका मिलेको बताए। हामी सात सस्थाबाट शुरु भएका हौ अहिले आठ भयौ संघ- सस्थाको छलफलबाट नेपाली समाजको हित हुन्छ यसैले हामी जुटेका हौ सापकोटाले भने।

मन्चका अध्यक्ष मुक्त गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम बिभिन्न संघसस्थाको प्रतिनिधिको रुपमा पुष्प भण्डारी, हेम शेर्पा ,ज्योति गुरुङ,सन्तोष श्रेष्ठ ,कृष्ण हरि कडेल ,रमेश आशिकी पौडेल ,लक्ष्मण शर्मा ,शितल भुर्तेल लगायतले बोलेका थिए। हेमन्त रानाभाटले स्वागत मन्तब्य राख्दै शुरु भएको औपचारिक कार्यक्रमको संचालन मन्चका महासचिब दिनेश गुरुङले गरेका थिए।

IMG_0201
औपचारिक कार्यक्रम युरोपेली क्षेत्रीय बैठकमा नै केन्द्रित रहेर बक्ताहरुले बोलिरहदा चेलीबेटीहरुले झिझो मानिरेहेको दृश्यलाई,गित संगीत शुरु भए पछि भने सांगितक माहोलमा परिणत गरिदिएको थियो । सांगीतिक कार्यक्रममा स्थानीय कलाकारहरु गितसंगीत तथा नृत्य प्रस्तुत गर्दै भरपुर मनोरन्जन दिलाएका थिए । निशुल्क प्रबेश राखिएको कार्यक्रममा चिठ्ठा कार्यक्रम पनि राखिएको थियो। करिब २०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रमा उपस्थित सबैलाई दर खुबाइएको थियो। सांगतिक कार्यक्रम तथा खाना ब्यबस्थापन गरि दुबै तर्फको संयोजन हेमन्त रानाभाटले गरेका थिए।

IMG_0047IMG_0087IMG_0258IMG_0343IMG_0344IMG_0300IMG_0126IMG_0063IMG_0270IMG_0306IMG_0314IMG_0199IMG_0111IMG_0253