प्रेस युनियनको मतगणना जारी, बद्रि सिग्देल अगाडी


सागर राज तिमिल्सिना
पोखरा, २३ भाद्र-

पोखरामा जारी नेपाल प्रेस युनियनको आठौ महाधिवेशनमा अहिले मतगणना जारी रहेको छ । २ सय मतगणना हुदा अहिले सम्म अध्यक्षमा बद्रि सिग्दल अगाडी देखिएका छन् । अहिले सम्म उनले १ सय ९ मत रहेको छ भने शिव लम्सालको ६७ र भुवन भट्टको १० मत रहको छ ।

एक जना बरिष्ठ उपाध्यक्षका लागि चार जनाको उम्मेद्वारी परेको छ। बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, सन्तोष न्यौपाने, इन्द्र रिजाल र प्रकाशचन्द्र परियार चुनावी मैदानमा उत्रिएका छन् । एक महासचिवका लागि जयप्रकाश गुप्ता, अजयबाबु शिवाकोटी, होमप्रसाद लम्साल वीच प्रतिस्पर्धा भएको छ ।

उपाध्यक्ष(खुलातर्फ) दुई जनाका लागि इश्वरी ओझा, हेमराज बराल, भक्तबहादुर थापा, सन्तोष सुवेदी, लिलाराज खनाल र रमेश पौडेल उम्मेद्वार रहेका छन् । निर्वाचन समितिका अनुसार, विभिन्न पदका लागि एक सय ४८ जनाको उम्मेद्वारी छ। मतगणनाका परिणम आज राती सम्म आईसक्ने निवाचर्न समितिले जानकारी दिएको छ ।