बालुवा झिक्न नपाए पछि हत्या


सागर राज तिमिल्सिना
पोखरा, २३ भाद्र-

करिब एक हप्ता अगाडी पोखरा रंगशालामा भएको हत्यामा संलग्न अभियुक्तलाई कास्की प्रहरीले प्रक्राउ गरेर सार्वजनीक गर्यो । एक हप्ता अगाडी ५० वर्षिय बुद्धिबहादुर विकको पोखरा रंगशालामा हत्या भएको थियो । बुद्धिबहादुर विकको हत्यामा संलग्नलाई शनिवार कास्की प्रहरीले सिक्लेसबाट पक्राउ गरि आइतबार सार्वजनीक गरेको हो ।

पक्राउ पर्नेमा पोखरा १० रामघाटमा बस्ने २४ वर्षिय सुरज परियार थिए । परियारले रामघाटमा बालुवा चाल्ने काम नगर्ने गर्दथे । पछिल्लो समयमा सरकारले बालुवा झिक्न रोक लगाए पछि उनको घरमा खाने खर्चको अभाव हुदै आएको थियो । एक महिना पहिले मात्रै चिन जान भएका बुद्धिबहादुर विक सगँ गाजाँ खान कहिले काहि पोखरा रंगशाला पुग्ने गरेका थिए । सोही क्रममा विकको कानमा लगाएको सुनको टप देखे पछि परियारले हत्याको जालो बुन्छन् ।

उनीहरु दुबै साझँ ५ बजे तिर बुद्धचोकमा खाजा र रक्सी खाए पछि ७ बजे तिर पोखरा रंगशाला जान्छन् । रंगशालामा गाजा खादै दुबैले रंगशाला मै रहेको सत्ने निधो गर्दछन् । परियारले राती १२ बजे विकलाई ढुगाले टाउको हानेर हत्या गरेको उलने गन्थन डटकमलाई बताए । हत्या पछि उनको कानमा लगाएको टप र नगद ८ हजार लिएर घर तिर टाप कसेको बताए । घरमा श्रीमतीलाई भने पछि श्रीमतीले त्यस्तो किन गरेको भन्दै कुटेको परियारले बताए । परियाले चाडबाड नजिक आएको तर बालुवा चाल्ने काम पनि नहुदा खाने खर्च समेत नभए पछि हत्या गरेको उनले बताए ।