एनआरएनए स्पेन र सस्थाहरु बिच असमझदारीहरुलाई अन्त्य गर्ने सहमति ,सस्थाहरुलाई पदेन सदस्य राख्ने निर्णय


बसन्त रानाभाट 

बार्सिलोना –

स्पेनमा रहेका संघ सस्थाहरु र गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद स्पेन बीच भईरहेका असमझदारीहरुलाई अन्त्य गर्ने सहमति भएको छ ।
सस्थाहरुको संजाल अन्तर समन्वय संगठन समिति र संघ बिच शनिबार बार्सिलोना भएको छलफल पछि यस्तो सहमति भएको हो ।

स्पेनमा रहेका सस्थाहरुले गैर-आबासीय नेपाली संघ युरोपेली क्षेत्रीय बैठकको सन्दर्भमा र एनआरएनए स्पेनको गतिबिधि माथि उठान गर्दै आएको मुद्दाहरु एनआरएनए स्पेनले बिबिध कारणले समयमा सम्बोधन गर्न नसकेको स्वीकार गर्दै अन्तर संगठन समन्वय समितिले उठाएको मुद्दाहरु र निर्णयहरुलाई सहमति जनाउदै आगामी हरेक क्रियाकलापमा सहकार्य गर्दै अगाडी बढ्ने निर्णय भएको छ ।

नेपालीनेपाली डट कमलाई पाप्त सहमति पत्रमा उल्लेख भए अनुसार एनआरएनए स्पेनको कार्यसमितिमा अनिल गुरुङ अध्यक्ष भएको कार्यसमितिमा पारित निर्णय अनुसार तत्कालिन सस्थाहरुलाई पदेन सदस्य राख्ने निर्णय कायम गर्ने गरि सहमति भएको पनि उल्लेख छ ।

साथै स्पेनमा संघ सस्थाहरुसँग अन्य बाकि बिषयहरुमा छलफलको लागी यसै महिनाको सेक्टेम्बर २१ तारिक पुन बैठक बस्ने निर्णय गरियो भनी सहमति पत्रमा लेखिएको छ ।
संघका अध्यक्ष एक राज गिरिको अध्यक्षतामा सम्पन्न छलफलमा नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष एबम अन्तर समन्वय संगठन समिति संयोजक चिन्तामणि सापकोटा ,रास्ट्रिय समन्वय परिषद स्पेनका पदाधिकारी, प्रबासी नेपाली मन्च ,नेपाली जनप्रगतिशिल मन्च (एकिकृत माओबादी),,नेपाली जनप्रगतिशिल मन्च (माओबादी),तमु समाज ,चितवन समाज , र मगर समाज स्पेनका अध्यक्ष बा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । छलफलमा आईसीसी सल्लाहकार पुष्प राज तिमिल्सिना, आईसीसी सदस्य दिपक खरेल, रास्ट्रिय समन्वय परिषद स्पेनका सल्लाहकार बिष्णु रिजाल लगायतको बिशेष उपस्थिति रहेको थियो ।