कास्कीमा बलात्कारका घटना बढे, घास काट्दै गर्दा कास्कीकोटमा बालिका बलात्कृत


पोखरा ,भदौ २२-

कास्कीको कास्कीकोट गाबिसको वडा नम्बर ८ मा घाँस काट्न गएकी बालिका बलत्कृत भएकी छन् । शनिवार विहान बलात्कार गरेको अभियोगमा कास्की कोटका सुकदेब बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

घाँस काट्न गएकी बालिकालार्र्इ जर्बजस्ती करणी गरीरहेको अवस्थामा अर्का एक जना बालकले देखेपछि, घटनाका बारेमा गाउँलेले थाहा पाएका थिए । पक्राउ परेका सुकदेब ५२ बर्षका हुन् । त्यसपछि भाग्दै गरेका सुकदेबलाइ स्थानियले समातेर गाबिस भबनमा थुनेका थिए । पछि उनलाई प्रहरीले पोखरा ल्याएको थियो ।

‘घाँस काटिरहेको अवस्थामा बलात्कार गरे पछि बालिका चिच्चाएकी थिइन् । बलात्कार गर्ने अवस्थामा बालिकाको हातमा घाँसको मुठोनै रहेको स्थानीयले जानकारी दिए । स्थानिय गाउँलेका अनुसार अभियुक्त सुकदेबलाइ जनयुद्धकालमा नेकपा माओवादीका कार्यकर्ताहरुले यस्तै घटनामा संलग्न भएको अभियोगमा जनकारबाही गरेका थिए । उनलार्इ जर्वजस्ती करणी ऐन अन्र्तगत मुद्धा चलाइने कास्की प्रहरीका प्रमुख प्रहरी उपरिक्षक बसन्त लामाले जानकारी दिए ।